arrow

बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य प्रस्ताव

logo
प्रकाशित २०७७ पुष १० शुक्रबार
astalaxmi-shakya.JPG

काठमाडौं। बागमती प्रदेश सरकारको मुख्यमन्त्री पदमा अष्टलक्ष्मी शाक्यको नाम प्रस्ताव भएको छ । बागमती प्रदेश सरकारका वहालवाला मुख्यमन्त्री डोरमणी पौडेल बिरुद्ध ४५ सांसदले अविश्वासको प्रस्ताव दर्ता गर्दै शाक्यलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरेका छन् ।

बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणी पौडेल विरुद्ध भर्खरै अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ ।प्रचण्ड–माधव निकट नेकपाका ४५ सांसदहरुले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

पार्टी फुटेपछि बागमती प्रदेश सरकार तीन जना मन्त्रीले समेत केही बेरअघी पदबाट राजीनामा दिएका छन् । प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै बागमती प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका हुन् ।

तीनै जना मन्त्रीको हस्ताक्षर सहित जारी विज्ञप्तीमा उनीहरुले मुख्यमन्त्रीका कारण जनताप्रति सरकार जवाफदेहीविहिन बन्दै गएको बताएका छन् । पत्रमा पार्टी माथी अकल्पनिय संकट आइपरेको र पार्टी एकतालाई बचाउन आफूहरु प्रतिबद्ध रहेको समेत उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ