arrow

हेटौंडामा जसपाले जलायो प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला

logo
प्रकाशित २०७७ पुष १० शुक्रबार
oli-bhandari-putla.jpg

हेटौंडा । हेटौंडामा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाइएको छ । संसद विघटनको बिरोधमा जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाएको हो ।

संसद विघटन गर्नु असंवैधानिक हो भन्दै चरणवद्ध आन्दोलनमा रहेको जसपाले शुक्रबार साझ हेटौंडाको सिमा चोकमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो । संसद पुनर्स्थापना नभएसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने जसपाले जनाएको छ ।

प्रधानमन्त्रीको असंवैधानिक र अलोकतान्त्रिक कदमको बिरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिने जसपा मकवानपुरका नेता राजेन्द्र सिम्खडाले बताए ।

उनले बिधि र प्रक्रियामा चल्नु नै लोकतन्त्र भएको तर प्रधानमन्त्रीले बिधिभन्दा बाहिर गएर विभिन्न हर्कत गरेकाले यस्तो अलोकतान्त्रिक गतिबिधि बिरुद्ध आन्दोलन जारी राख्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ