arrow

कम्युनिष्टका चार प्रधानमन्त्रीको दम्भले देशमा अस्थिरता बढ्ने खतरा – एनपी साँवद  

logo
दीपेन्द्र बस्नेत,  
प्रकाशित २०७७ पुष ११ शनिबार
131987132_714358015881824_1.jpg

कञ्चनपुर । नेपाली कांग्रेसका केन्द्रीयय सदस्य एवं पूर्व मन्त्री एनपी साँवदले निर्वाचनमा नेपाली जनतालाई रेल, पानी जहाज ,घरघरमा ग्यासको पाईप, सुकुम्बासी समस्या सामाधान, युवालाई रोजगारीसहितको समृद्ध नेपाल सुखी नेपालीको सपना बाँडेर नेपाली जनतालाई कम्युनिस्टले धोका दिएको आरोप लगाउनु भएको छ । 

कञ्चनपुरको झलारीमा नेपाली कांग्रेस  शुक्लाफाँटा नगर कमिटीले शुक्रबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै नेता साँवदले भने, ‘कम्युनिस्ट पार्टीका चार प्रधानमन्त्रीको दम्भले देशमा अस्तिरता बढ्ने खतरा बढेको छ र उनीहरूले प्राप्त गरेको दुई तिहाईको बहुमतको सरकार नेताहरूकै कुन्ठा अहंकारको कारण नेकपा पतनको दिशातिर उन्मुख भइरहेको छ ।’ 

पूर्वमन्त्रीसमेत रहेका साँवदले भने, ‘देश विकास नागरिकका समस्याको कुरा त कहाँ हो कहाँ देशमा कोरोना महामारीका बेला स्वदेश तथा विदेशमा रहेका नागरिकको पीडाको बारेमा गम्भीरतापूर्वक छलफलसमेत नगर्नु  दुर्भाग्यपूर्ण छ ।’

उनले थपे, ‘कोरोनाको उपचार गर्न नसक्ने सरकारले असंवैधानिक कदममार्फत संसद भंग गरेर कम्तीमा तीन अर्ब खर्च लाग्ने चुनाव गराउछु भन्छ।’

कांग्रेस संविधानको रक्षाका लागि अदालतको निर्णय संगै चुनावको लागि जनतामा जान नडराउने उनले जिकिर गरे । उनले भने, ‘कांग्रेस पार्टी जनताका समस्या विकासका योजना मुलुकमा देखिने समस्याप्रति सदैव चिन्तित छ ।’

नेपाली कांंग्रेस सरकारमा रहेका बला शुरू गरेका योजना कलुवापुर बेलौरी राजमार्ग, दैजि जोगबुढा सडक, वाणी बुडर सडक, महाकाली सिँचाइ तेस्रो चरणको आयोजना लगायतका तमाम गौरवका योजनाहरूमा यो दुई तिहाईको सरकारले नदेखेजस्तो गरेको साँउदले बताए । 

उनले भने, ‘नेपाली कांग्रेस सालिन भद्र प्रतिपक्षी हुँदासमेत दुई तिहाईको कम्युनिस्ट सरकार नागरिकका  सपनालाई कुठाराघात गर्दै आपसी लडाइँले प्रतिनिधि सभा नै भंग गर्न पुग्नु मुलुककै लागि चुनौतीको विषय बन्न पुगेको छ ।’

नेता साँवदले भने, ‘जनताको बलिदानीबाट प्राप्त संविधान अनुसारको राजनैतिक व्यवस्था रक्षाका लागि कांग्रेस अभिभावकको भूमिकामा रही यो असहज परिस्थितिको सामना गरी मुलुकलाई निकास दिन अग्रसरता लिनेछ ।’

कार्यक्रममा पूर्व संविधानसभा सदस्य बहादुर सिंह थापाले प्रधानमन्त्री ओलीको प्रतिगामी असंवैधानिक जनविरोधी कदमले जनताको बलिदानबाट स्थापित गणतन्त्र संघीयता जस्ता तमाम राजनीतिक उपलब्धीमाथि खतरा पैदा भएको बताए । उनले जनताले आफैं सार्वभौम भएर ल्याएको संविधानमाथि ओलीद्वारा चालिने प्रतिगामी कदमले धरापमा नपारोस् भन्नेतर्फ सचेत हुनुपर्ने बताए ।

कार्यक्रमा पूर्व मन्त्री गोविन्दबहादुर शाहले नेपाली जनतालाई रूवायर कम्युनिस्टले चरम भ्रष्टाचार गरेर देशको ढुकुटी रित्तो पारिसकेपछि आफ्नै अहंकारका कारण विघटनको बाटोमा लम्किरहेको बताए । 

नेपाली जनतालाई र देशलाई घात हुने गरी कम्युनिस्टले जनताको अभिमतको अपमान गरी  मुलुकलाई नै  चरम आर्थिक संकटमा पार्न खाजेको पूर्वमन्त्री शाहले बताए ।

नेपाली कांग्रेस शुक्लाफाँटा नगर कार्यसमितिको आयोजनामा झलारीमा वृहत कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाली कांग्रेस कंचनपुरका पार्टी सभापति हरिप्रसाद वोहरा,शुक्लाफाँटाका नगर प्रमुख दिलबहादुर ऐर लगायत नेता कार्यकर्ताको उल्लेख्य सहभागीता रहेको थियो । नेपाली कांग्रेस शुक्लाफाँटाका नगर सभापति जयबहादुर विष्टको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ