arrow

ज्यान मार्ने उद्योग र अङ्भङ्ग मुद्दाका फरार एक पक्राउ

logo
रासस,
प्रकाशित २०७७ पुष ११ शनिबार
pakrau-jail.jpg

लहान। ज्यान मार्ने उद्योग र अङ्गभङ्गलगायतका मुद्दामा फरार एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा  मिर्चैया नगरपालिका–३ निवासी ४० वर्षीय खगेश्वर गोहिवार रहेको प्रहरीले जनाएको छ।

ज्यान मार्ने उद्योग, अङ्गभङ्ग र अभद्र व्यवहार मुद्दामा फरार उनीलाई सप्तरीको छिन्नमस्ता गाउँपालिकाको सखडामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ। पक्राउ परेका गोहिवारविरुद्ध ज्यान मार्ने ती मुद्दा दर्ता रहेको कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तुलाल जैसवालले जानकारी दिए।

काठ बरामद
वन कर्मचारीको गस्ती टोलीले सिरहाको गोलबजार–३ गोलामुक्सारबाट काठ बरामद गरेको छ। सबडिभिजन वन कार्यालय गोलबजार चोहर्वाबाट खटिएको प्रहरीको टोलीले गोप्य सूचनाका आधारमा ४० थान साखुको चिरान काठ बरामद गरेको हो।

लुकाइछिपाइ राखेको अवस्थामा शुक्रबार उक्त काठ बरामद भएको सबडिभिजन वन कार्यालय गोलबजारका फोरेष्टर कासिन्द्र यादवले जानकारी दिए। बरामद काठ आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय लहान पठाएको उनले बताए। बरामद काठ कसको र के प्रयोजनका लागि राखेको अझै खुल्न नसकेको जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ