arrow

सरकारको विरुद्धमा तरुणदलको र्‍याली

logo
विवेक मिश्र,
प्रकाशित २०७७ पुष ११ शनिबार
tarun-dal-belbari.jpg

बेलबारी। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले पार्टीले आह्वान गरेको देशभर प्रदर्शन गर्ने क्रममा शनिवार मोरङको बेलबारी ११ लक्ष्मीमार्ग स्थीत सरकारको विरुद्धमा विरोध र्‍याली गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन विरुद्धमा नेपाल तरुण दल बेलबारीले शनिवार बेलबारी ११ लक्ष्मीमार्गको सुम्नीमा चोक देखी लक्ष्मीमार्ग चोक सम्म विरोध र्‍याली गरेको थियो। विरोध र्‍यालीको कोण सभामा बोल्दै नेपाली कांग्रेसका महासमिती सदस्य महेन्द्र सुबेदिले प्रधानमन्त्री ओलीलाई बडामहाराजको संज्ञा दिँदै संसद् विघटन फिर्ता गर्नुपर्ने बताए।

केपी ओली तानासाह मुर्दावाद, राष्ट्रपतिको अलोकतान्त्रिक कदम मुर्दावाद लगायतको नारा लगाउँदै कांग्रेस सडकमा आएको छ। कांग्रेसले पुस १३ गते देशभर आन्दोलनको घोषणा गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ