arrow

गुगललाई लाग्यो यूरो-२०१६

logo
प्रकाशित २०७३ जेठ २९ शनिबार
google-doodleeuro.gif.gif
एजेन्सी । गुगललाई यूरो कप २०१६ लागेको छ। गुगलले शुक्रवार देखि सुरु भएको यूरो कप २०१६ को लागि विशेष डूडल बनाएको छ ।  गुगलले बिशेष अवसरमा डूडल बनाउने गर्दछ । यूरो कप प्रति दर्शकहरुको लगाबलाई मध्यनजर गर्दै गुगलले विशेष डूडल बनाएको हो ।     
 
डूडमा हरियो, पहेलो र रातो रंगमा गुगल लेखिएको छ । गुगलको ‘एल’फ्रान्सलाई चिनउने एफिल टावर आकारमा रहेको छ । फ्रान्स युरो कप २०१६ को आयोजक हो । यसका साथै सो विशेष डूडलमा यूरो कपमा सहभागी रहेका सबै टिमको झन्डा पनि राखिएको छ ।   
 
यूरो कपमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षामा करीब ५० हजार प्रहरी र सेनाका जवान तैनाथ रहेका छन् । डि फ्रान्स त्यही स्टेडियम हो जहा अघिल्लो बर्ष आतंकबादि आक्रमण भएको थियो । जसमा करीब १३० मानिसहरुले ज्यान गुमाएका थिए । टूर्नामेन्टको खेल १० शहरका रंगशालामा हुनेछन् । जसमा २४ देश सहभगी रहनेछन् । यो भन्दा पहिलेका युरोकपमा यती धेरै देश सहभागी थिएनन् ।
 
खेल १० जुलाई सम्म संचालन हुनेछ ।फ्रान्सले युरो कप आयोजना गरेको यो तेस्रो पटक हो । जर्मनीले सन् १९७२,१९८० र १९९६ मा युरोकप जितेको छ । त्यस्तै स्पेनले सन् १९६४,२००८ र २००१२ मा युरो कप आफ्नो फोल्टामा पार्‍यो । दुवै टिमले ३-३ पटक  यूरो कप जीत्ने सर्वाधिक देश हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ