arrow

नेकपाको फुटले जनतालाई शास्ती : राजीव शाह

logo
लोकेन्द्र विश्वकर्मा,
प्रकाशित २०७७ पुष ११ शनिबार
rajib-shah-nc.jpg

काठमाडौं। नेपाली कांग्रेसका नेता राजिव बिक्रम शाहले सत्तारुढ नेकपाको फुटले जनतालाई दिएको आश्वासनमाथि धोका भएको बताएका छन। कर्णाली प्रदेशका पत्रकारहरुसँग कुराकानी गर्दै समाजसेवी समेत रहेका नेता शाहले देशको समृद्धि गर्छु भनेर आश्वासन दिने तर वाचा पुरा नगर्ने कम्युनिष्ट सरकारले गर्दा नेपाली जनतालाई धोका भएको बताएका हुन्।

गत आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले संसद बिघटन गरेकी थिइन्। अचानक संसद बिघटन गर्दा स्थायी सरकार र समृद्धिको नारा लगाउने ओली प्रवृत्ति निरंकुश बनेको शाहको टिप्पणी छ।

प्रधानमन्त्री ओलीले चालेको संसद बिघटनको कदम लोकतन्त्र विपरित असंबैधानिक काम भएको पनि शाहले बताए। यसले जनतालाई प्रत्यक्ष रुपमा हानी गरेको पनि नेता शाहको भनाई छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ