बर्दियामा सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित एक जना युवक पक्राउ
सौरभ गिरी,
प्रकाशित २०७७ पुष ११ शनिबार
958
Shares
नेपालगन्ज। बर्दियामा सशस्त्र प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी नम्बर-३१ गण बर्दिया अन्तर्गत कन्ठपुर फरवार्ड बेसबाट खटिएको गस्ती टोलीले बिहिवार राती बढैयाताल गाउँपालिका-८ कन्ठपुर बोर्डर ईलाकाबाट लागूऔषधसहित एक जनालाई पक्राउ गरेको हो।
सोही गाउँपालिका ५ बस्ने बर्ष २२ का सुदिप कुमार थारुलाई अबैध लागूऔषधको तीन सय ट्याबलेट नाईट्रोभेट सहित पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावतले जानकारी दिएका छन्।
सशस्त्र प्रहरीले पक्राउ परेका थारुलाई आबश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय मैनापोखरमा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक रावतले बताए। सशस्त्र प्रहरी बर्दियामा रावतले कमान्ड सम्हाले पछि अवैध तस्करी मात्रै नभई लागूऔषधसमेत बरामद गर्दै आएको छ।