arrow

लोकप्रियताका नाममा नगर प्रमुखको मनोमानी, स्वार्थसिद्ध गर्न लेटरप्याड-सरकारी छाप दुरुपयोग

logo
नारायण वली
प्रकाशित २०७७ पुष ११ शनिबार
Tilottama.jpg

रुपन्देही। अरुभन्दा छिटो वैठक वसाली संयुक्त एंव एकल निर्णय गरेर मोफसलमा लोकप्रिय वन्न निकै उत्साहित हुने रुपन्देहीको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरेको लोकप्रिय वन्ने कदमप्रति नगरपालिकाकै वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले विरोध जनाएका छन्।

उनीहरुले यही पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले प्रतिनिधि सभा विघटन गरेको विषयलाई असंवैधानिक भन्दै पुस ९ गते नेपाल सरकारको निशान छाप र तिलोत्तमा नगरपालिकाको नाममा रहेको लेटरप्याड दुरुपयोग गरी नगर कार्यपालिकाको नामबाट जारी गरिएको विज्ञप्तीप्रति आफुहरुको गम्भिर ध्यानाकर्षण भएको भन्दै, विरोध जनाएका हुन् ।

साथै उनीहरुले आफ्नो व्यक्तिगत राजनीतिक धारणा र विचारलाई अनाधिकृत रुपमा नगरपालिकाको नाम र नेपाल सरकारको निशान छाप आफ्नो मनोमानी ढंगले प्रयोग गरी विज्ञप्ती निकाल्ने अधिकार नगरप्रमुख घिमिरेलाई कसले दियो जस्ता प्रश्न समेत गरेका छन् ।

जुन नगरप्रमुखको नियम विपरित गरिएको कार्यप्रति असहमति जनाउँदै, तिलोत्तमा नगरपालिका वडा नं १ वडाध्यक्ष तामानाथ पाण्डेय, वडा नं.१५ का वडाध्यक्ष खेमराज गुरुङ्ग, तिलोत्तमा कार्यपालिका सदस्य राधा शाही, लक्ष्मण नेपाली र गीतादेवी सापकोटा लगायतले शुक्रवार एक विज्ञप्ती जारी गर्दै, नगरपालिका सबैको साझा स्थानीय सरकार रहेको भन्दै संवैधानिक कुल्चेर पदीय आचरण संघीय सरकारले गरेको प्रतिनिधि सभा विघटनप्रति कसैको नीहित स्वार्थसिद्ध गर्ने उद्देश्यले सबैको साझा सरकारी संस्थाको लेटरप्याड र नेपाल सरकारको निशान छाप प्रयोग गर्ने कार्य नगरप्रमुखको वलजफ्ती एकल शासनको उपजले नगरपालिकाको शिर निहुरिएको ठहर गरिएको छ ।

विज्ञप्तीमा संघ, प्रदेश र स्थानिय तह आ–आफ्नै अधिकार क्षेत्रमा रहेको जनाउँदै, प्रतिनिधि सभा विघटन संघीय सरकारसंग जोडिएको विषय भएकाले उक्त विषय सर्वोच्च अदालतमा रिट निवेदन परिसकेकाले नगरपालिकोतर्फ नियम विपरित कार्यबाट विज्ञप्ती जारी गरेर सस्तो लोकप्रियताले कुनैपनि अर्थमा न्यायोचित हुन नसक्ने उल्लेख गरिएको छ ।

यसअघि पनि नगरप्रमुख घिमिरेले प्रदेश नं.५ को अस्थायी मुकाम बुटवलबाट स्थायी राजधानी दाङको भालुवाङमा तोकिएपछि सोही अनुरुप विज्ञप्ती जारी गरी विरोध जनाएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ