arrow

असारमा कुनै हालतमा सरकार ढल्ने ठोकुवा

logo
प्रकाशित २०७३ जेठ २९ शनिबार
kp-oli.jpg.jpeg
काठमाडौं । सरकार परिवर्तन गर्ने एउटा ठुलै प्रयास असफल भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार तत्काल ढल्ला की नढल्ला भन्ने अनेक अनुमान भईरहेका बेला सत्तारुढ दलबाटै असारमा सरकार ढल्ने ठोकुवा हुन थालेको छ । 
 
सरकारको अहिले सम्मको गतिविधि हेर्दा सन्तोष गर्ने ठाउ पटक्कै नभएकाले सरकार फेर्नु पर्छ भन्ने मनस्थीतिमा धेरै पक्ष पुगेको सत्तारुढ दलका एक नेताले जानकारी दिए । 
 
बरिष्ठ उपप्रधानमन्त्री समेत रहेका विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनाधिकार फोरम लोकतान्त्रीकका बरिष्ठ नेता जितेन्द्रनारायण देवले असारमा कुनै हालतमा सरकार परिवर्तन हुन्छ हुने दावी गरेका हुन् । 
 
पत्रकार ऋषी धमलासंग नेपालवाणी नेटवर्कको बाणीबहसमा नेता देवले भने, “मैले अहिले सवै पक्षसंग कुरा बुझ्दा र विश्लेषण गर्दा सरकार यही असार महिनामा कुनै हालतमा ढल्छ भन्ने लागेको छ,” 
 
उनले थपे, “नेपालको राजनितिमा एमालेले धेरै पटक धेरै महत्वपुर्ण जिम्मेवारी पुरा गर्ने अवसर पायो, तर कुनै पनि जिम्मेवारी उस्ले नेतृत्व लिएर पुरा गर्न सकेन, केवल सत्तामा रमाउने काम मात्रै गर्यो एमालेले । त्यसैले एमाले काम गर्ने भन्दा सत्ता भोग्ने पार्टी हो भन्ने पुष्टी हुदै गएको छ ।”
 
बरिष्ठ उपप्रधानमन्त्री तथा फोरम लोकतन्त्रीकका अध्यक्ष गच्छदार पनि अहिलेको सरकारप्रति सन्तुष्ट नरहेको स्पष्ट पार्दै उनले सरकारमा गएर अहिले आफुहरुलाई राजनितिक रुपमा घाटा भएको पनि बताए । सरकारमा गएकोमा पश्चाताप गर्दै उनले भने “मुलुकको समस्या समाधान होला भनेर हामी गएका हौं सरकारमा, तर त्यस्तो हुन सकेन त्यसैले अव तत्काल सरकार छाड्नु नै हाम्रो हितमा हुन्छ । ”
 
पुराना राजनितिज्ञ तथा पार्टीका जिम्मेवार नेता देवको यस्तो अभिव्यक्तिलाई अर्थपुर्ण रुपमा हेरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ