arrow

माइती नेपाललाई ‘श्रीपति समाजसेवा पुरस्कार’

logo
हरि पन्त, 
प्रकाशित २०७७ पुष १२ आइतबार
133039520_1043311139521750_.jpg

पोखरा । महिला तथा बालबालिका बेचविखन विरूद्ध काम गर्ने नेपालको गैरसरकारी संस्था माइती नेपाल पोखरामा पुरस्कृत भएको छ । माइती नेपाललाई पोखरास्थित श्रीपति कोइराला गुठीले ‘श्रीपति समाजसेवा पुरस्कार’ प्रदान गरेको हो । 

महिला एवं बालबालिकाको क्षेत्रमा उत्कृष्ट कार्य गरेको माइती नेपाललाई पुरस्कृत गरिएको गुठीले जनाएको छ । पुरस्कारको राशि दुई लाख २२ हजार २२२ रुपैयाँ नगद र ताम्रपत्र रहेको छ । माइती नेपालका अध्यक्ष विश्वराम खड्कालाई केदारेश्वर गुरुकुल वैदिक गुरुकुल विद्याश्रमका पिठाधीश डा. लेखनाथ आचार्यले पुरस्कार प्रदान गरे । 

उक्त अवसरमा माइती नेपालका अध्यक्ष खड्काले यो पुरस्कारले थप अघि बढ्न हौषला मिल्ने बताए । हिजो मानव बेचविखन सीमित जिल्ला र सीमित जातजातिमा हुने गरेको भए अहिले कुनैपनि समुदाय अछुतो नरहेको भन्दै अध्यक्ष खड्काले प्रत्येक नेपाली यस्ता घटनाप्रति सचेत रहनुपर्ने खाँचो औंल्याए ।

केदारेश्वर गुरुकुल वैदिक गुरुकुल विद्याश्रमका पिठाधीश डा. लेखनाथ आचार्यले नेपाली समाज सदियौंदेखि नै अशिक्षा, बेरोजगारी, आर्थिक चपेटामा पर्दै आएको भन्दै यसैका कारण चेलिबेटी वेचविखन जस्ता जघन्य घटना बढ्दै गएको बताए । उनले यसको न्युनिकरणका लागि माइती नेपालले खेलेको भूमिका प्रशंसनीय भएको स्पष्ट पारे । 

गुठीका अध्यक्ष लक्ष्मण कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरास्थित विभिन्न सामुदायिक विद्यालय र क्याम्पसमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरुलाई श्रीपति विद्या पदक समेत प्रदान गरिएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ