arrow

किर्ते नागरिकता सम्बन्धमा कार्यालय प्रमुख साह पक्राउ  

logo
युबराज रेग्मी, 
प्रकाशित २०७७ पुष १२ आइतबार
dhananjaya-sah-kirte-nagari.jpg

झापा । इलाका प्रसासन कार्यालय गौरीगञ्जका प्रमुख धनञ्जय साह पक्राउ परेका छन् । शनिबार बेलुकी ७ बजे जिल्ला प्रहरी कार्यालयबाट आएको टोलीले उनलाई पक्राउ गरेको  हो । उनीसँगै कार्यालयका सहयोगी आसिर आलमसमेत पक्राउ परेका छन् ।

केही समयअघि तीन जना गैरनागरिकलाई किर्ते नागरिकता प्रमाणपत्रसहित राहदानीका लागि सिफारिस गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रबक्ता राकेश थापाले सोधपुछका लागि उनीहरुलाई जिल्ला ल्याएको पुष्टि गरेका छन् । उनी भन्छन् – केहि कुरा सोधपुछ गर्नु पर्ने भएकाले हामीले उहाँहरुलाई गए राति जिल्ला लिएर आएका छौं ।’ 

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले उनीहरुलाई पक्राउ गरेको पुष्टि गरेका छन् । नागरिकता प्रमाणपत्र वितरणमा प्रकृया नमिलेकाले सोधपुछका लागि उनीहरुलाइ नियन्त्रणमा लिइएको कुरा उनले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ