arrow

राजसंस्था पुर्नस्थापनाको माग गर्दै जनकपुरमा प्रदर्शन

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ पुष १२ आइतबार
rpp-birodh.jpg

जनकपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जनकपुरमा आइतबार विरोध प्रदर्शन गरेको छ । हिन्दु राष्ट्र र राजसंस्था पुर्नस्थापना सहितको मांग गर्दै राप्रपाले जनकपुरमा प्रदर्शन गरेको हो।  जनकचोकबाट सुरु भएको विरोध र्‍यालीमा सहभागिले राजा आउ देश बचाउ लगायतका नारा लगाएका थिए ।

प्रदर्शनमा जनकपुरका तत्कालिन राप्रपा नेपाल र राप्रपा दुवै दलका नेताहरुको संयुक्त सहभागिता रहेको थियो । विभिन्न चोक हुदै जिल्ला प्रशासन कार्यालय धनुषामा पुगेर राप्रपा नेताहरुले ज्ञापनपत्र बुझाएका छन् । आइतबार देशव्यापी कार्यक्रम अनुसार राप्रपाले ७७ वटै जिल्लामा एक साथ जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

राप्रपाका धनुषा अध्यक्ष रामचन्द्र यादवको अगुवाईमा भएको प्रदर्शनमा राप्रपाका नेताहरु कमलेश मण्डल, मनोज मल्ल, प्रेक्षा मल्ल, नथुनीलाल दास, श्रवण कुमार झा, प्रमोद गोयन्का, राजकुमारी साह, रामनरेश यादव र बिनोद साह सहितको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ