arrow

सोलुखुम्बुका पत्रकार भानुभक्त निरौला माथि आक्रमण

पत्रकार कुटुनेलाई कानुनी कारवाहीको माग

logo
जीवन शर्मा,
प्रकाशित २०७३ जेठ २९ शनिबार
Press.jpg.jpeg
ओखलढुंगा ।  सोलुखुम्बुका पत्रकार एवं हिमाल एफएमका प्रबन्ध निर्देशक भानुभक्त निरौलामाथी हिजो साँघातिक आक्रमण भएको छ । एमाले सोलुखुम्बुका पूर्व जिल्ला सचिव एवं स्थानीय शान्ति समिति सोलुखुम्बुका संयोजक बुद्धिकुमार राजभण्डारीले समाचार प्रशारणको बिषयलाई लिएर सदरमुकाम सल्लेरी स्थित सार्वजनिक स्थलमा आक्रमण गरेका हुन् । उनले स्थानीय शान्ति समितिको नेतृत्व परिवर्तन सम्बन्धि समाचारको बिषयलाई लिएर सार्वजनिक स्थलमा गालिगलौज गर्नको साथै आक्रमण गरेका पिडित निरौलाले बताए । आक्रमणकारी राजभण्डारीले आफु बिरुद्ध समाचार लेख्नेलाई ज्यान मार्ने धम्की समेत दिदै हिडेको उनले बताए ।
 
यसैबीच पत्रकार कुटपिटको घटनाप्रति घोर भत्र्सना गर्दै दोषी माथि कार्बाहीको माग गरि श्रमजिबि पत्रकारहरुको बिभिन्न संगठनहरुले बिज्ञप्ती जारी गरेका छन् । नेपाल प्रेस युनियन केन्द्रीय पार्षद समेत रहेका निरौलामाथि भएको आक्रमणको प्रेस युनियन केन्द्रीय समितिले घोर आपत्ति जनाएको छ । समाचार लेखेकै आधारमा धम्की दिदै, सञ्चारकर्मी माथि सांघातिक आक्रमण हुनु प्रेस स्वतन्त्रता विपरित हो, बिज्ञप्तीमा भनिएको छ ।
 
 संविधानले नै प्रदत्त गरेको अधिकारलाई कुण्ठित गर्ने गरी भएको आक्रमणप्रति नेपाल प्रेस यूनियन घोर आपति जनाउदै स्वतन्त्र प्रेस माथिको नाङगो हस्तक्षप भएको नेपाल प्रेस यूनियनका उप—महासचिव सलोजा दाहालद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ । त्यस्तै नेपाल प्रेस युनियन ओखलढुंगा शाखाले पत्रकार निरौला माथि भएको आक्रमण सिंगो प्रेस माथिको आक्रमण भएको भन्दै दोसी लाइ कानुनी कठघरामा ल्याउन माग सहित विज्ञप्ती जारी गरेको छ । रिपोटर्स क्लब नेपालले प्रेस स्वतन्त्रता माथि पुर्ण हस्तक्षप भएको भन्दै अध्यक्ष ऋषी धमलाद्धारा हस्ताक्षरित बिज्ञप्तीमा दोषीलाइ कानुनी कार्बाहीको दायरामा ल्याउन भनिएको छ । 
 
त्यस्तै पत्रकार महासंघका अध्यक्ष मनोजकुमार श्रेष्ठले आजै एक विज्ञप्ति जारी गर्दै दोषी माथि कडा कार्बाही गर्न माग गरे र्नु। यस्तै  प्रेस चौतारीको अध्यक्ष बुद्धबीर बाहिङ युनियनको जिल्ला अध्यक्ष सन्तोष राउत, प्रेस सेन्टरका सयो‌जक भोजराजकार्कीले पनि घटना प्रति दुख ब्यक्त गर्दै कार्बाहीको माग गरेका छन् । उनीहरु जारी बिज्ञप्तीमा समाचारमा असन्तुष्टी भए बिधिको प्रयोग गर्नुका साथै कानुनी उपचारको माध्ययम हुदा हुदै सार्बजनिक स्थलमा गरेको गाली गलौज र हातपातको भत्सना गरिएको पत्रकारहरुको बिभिन्न संगठनहरुले बताएका छन् । 
 
यस्तै प्रेस युनियनको केन्द्रीय पार्षद एंब जिल्ला सदस्य निरौला माथि भएको प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसले घोर आपत्ति जनाउदै दोषीलाइ कुनै पनि हालतमा कार्बाहीको दायरामा ल्याउन भनेको छ । घटनाका विषयमा ओखलढुंगाका सभासद रामहरी खतिवडाले स्वतन्त्र प्रेसमाथि हुने गरेको आक्रमण र धम्कीपूर्ण कदम प्रति ध्यानाकर्षण भएको भन्दै दोषी माथि तत्काल कारवाही गर्न सराकरसंग माग गरे । यस विषयमा पिडक  एमाले कार्यकर्ता बुद्धि कुमार राजभण्डारीलाइ कानुनी कार्बाही गरिने  सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ