arrow

हेटौंडाबाट जसपाको चेतावनी- 'ओली सरकार नसुध्रिए १९ घण्टा काफी'

logo
रबिन्द्र गौतम,
प्रकाशित २०७७ पुष १२ आइतबार
jasap-birodh.jpg

हेटौंडा ।  जनता समाजवादी पार्टी मकवानपुरका नेता तुफान बिक्रम क्षेत्रीले विघटन गरिएको प्रतिनिधि सभा पुनर्स्थापना गर्दै ओली सरकार नसुध्रिए सरकार ढाल्न १९ घण्टा पनि नलाग्ने चेतावनी दिएका छन् ।

संसद विघटनको विरोधमा चरणबद्ध आन्दोलनमा उत्रिएको जसपाले आइतबार हेटौंडामा गरेको विरोध प्रदर्शन कार्यक्रममा बोल्दै नेता क्षेत्रीले भने, '१० बर्षे जनयुद्धमा ज्यान गुमाएका १७ हजार र ६२-६३ को जनाआन्दोलनमा ज्यान गुमाएका २१ जनाको रगतमाथि होली खेल्ने काम भयो । २४० वर्षसम्म जरा गाडेर बसेको व्यवस्था ढाल्न त १९ दिन काफी भयो भने यो व्यवस्था ढाल्न १९ घण्टा नै काफी छ ।'

उनले केपी शर्मा ओली सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको प्रति विरोध जनाउदै प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली नै अबको ऐतिहासिक विकल्प भएको बताए । उनले यो संसदीय व्यवस्था रहिरहे यस्ता "कु" दिनदिनै भइरहने र जनता माथि सधै धोका भइरहने धारणा व्यक्त गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदम भएको भन्दै जनता समाजवादी पार्टी मकवानपुरले हेटौँडामा दिनहु विरोध प्रदर्शन गरिरहेको छ ।

आइतबार दिउँसो जसपाको पार्टी कार्यालय हेटौँडाको हुप्रचौरबाट निस्केको र्‍याली थाहा चोक, ओमहल चोक, शितल महल, मेनरोड, सिमाचोक हुँदै बुद्ध चोकमा आएर सभामा परिणत भएको थियो ।

र्‍यालीमा जसपाका केन्द्रीय नेताहरु सोनाम सिं स्याङ्तान, राजु नेपाल, बिद्युत बज्राचार्य, सोबिन थिङलगायत प्रदेश तथा जिल्लाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

र्‍यालीमा केपीको असंवैधानिक कदम खारेज गर, निरंकुश ओली सरकार मुर्दाबाद, बिर शहिद अमर रहुन् जस्ता नारा लगाएका थिए । जसपाले मकवानपुरले शुक्रबार प्रधानमन्त्री, राष्ट्रपतिको पुत्ला दहन र हिजो शनिबार मसाल जुलुस निकाल्दै विरोध प्रदर्शन गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ