arrow

डोरमणिले नै सम्हाले तीन मन्त्रालय

logo
प्रकाशित २०७७ पुष १२ आइतबार
dormani.JPG

मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले तीनवटा मन्त्रालयको काम कारबाही आइतबारदेखि आफै सम्हालेका छन् ।

वाग्मती प्रदेश प्रमुख सचिवालयका अनुसार मुख्यमन्त्री पौडेलले पुस १० गते तीन मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन तथा वन वातारण मन्त्रालयको काम कारबाही सम्हालेका हुन्  ।

मुख्यमन्त्री पौडेलले रिक्त रहेको मन्त्रालय आफूले नै सम्हाल्ने लिखित जानकारी वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसार्इंलाई सिफारिस गरी पठाएअनुसार प्रदेश प्रमुखले आइतबारै उक्त सूचनाको जानकारी सार्वजनिक गरेको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ