arrow

बझाङका तीन गाँउ पहिरोको उच्च जोखिममा, २३ परिवार विस्थापित

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७३ जेठ २९ शनिबार
pahiro--(1).JPG.jpeg
बझाङ। बर्षेनी पहिरो झर्न थाले पछि बझाङ जिल्लाका तीन गाँउ  उच्च जोखिममा परेका छन् भने २३ परिवार विस्थापित भएका छन् । जिल्लाको रायल गाबिस ५ र ७ का काटीखेत ,तल्बाडा र मैतोली गाँउहरुको मुनी तिर रहेको नारुगाडबाट पहिरो झर्न थाले पछि ति गाँउहरु जोखिममा परेका हुन् ।
 
जिल्लाको सबै भन्दा ठूलो पहिरो भएकाले यस बाट बर्षेनी खेती योग्य भुमी कटान गर्नुका साथै गाँउमा समेत चिरा परेर छिया छिया भए पछि काटीखेतका २३ परिबार बिस्तापित भएर गाबिस कै खुख्खा पटौटा डाँडाँमा गएर बसोबास गरि रहेका छन् । पहिरो आउन सुरु भएको १५ बर्ष भयो पहिले त सानो थियो अहिले बर्षेनी पहिरोले बिकराल रुप लिए पछि तिन गाँउहरु नै जोखिममा परेको स्थानिय उत्तम भण्डारीले बताए । 
 
उनले कमेरो माटो भएका कारण सामान्य बर्षा हुना साथ बग्न सुरु हुने गरेको बताउदै पानी पर्ना साथ गाँउलेहरुमा समेत त्रासमा बस्नु पर्ने अबस्था आएको  बताए । यसरी गाँउ नै पहिरोमा बग्ने होकी भन्ने चिन्तामा परेका गाँउले हरु यती खेर बैकल्पिक बसोबास गर्ने स्थानको खोजीमा रहेको भए पनि आफनो जग्गा जमिन नभएका कारण दरा दरा भएको गाँउ र चिरा चिरा परेको घरमा बस्न बाध्य भएका छन् । गाँउ नजिकै बर्षेनी बढदै गएको पहिरो कै कारण खेती योग्य भुमी समेत बग्ने गरेको छ भने गाबिस कै सबै भन्दा ठूलो सिचाई आयोजना समेत अबरुद्घ भएको छ । बर्षायाम सुरु लागे पछि गाँउलेहरु लाई चिन्ताले सताउन थालेको छ ।
 
काटीखेत की स्थानिय धौली राबल भने बर्षा हुन साथ रात भरी नसुतेर जाग्राम बस्नु परेको छ, पानी पर्ना साथ चिन्ता लाग्न सुरु भई सक्यो ।  रावलले गाँउ भरी दरा दरा परेको छ कतिखेर पहिरोले बगाउने हो अरु ठाँउ जग्गा छैन तर पनि बाध्यताले भए पनि बस्नु परेको छ , हाम्रा लागी कसले हेर्ला ।
 
पहिरोमा परि बर्षेनी चराउन लिएका गाई भैसी हरु समेत मर्ने गरेका छन् भने गाँउमा झण्डै ४८ लाखको लागतमा बनेको खानेपानीको मुहान समेत बगाए पछि दुई घण्टा हिडेर पानी ल्याउने गरेका स्थानियहरुको गुनासो छ  । खान लाई तिन नाली मात्र जग्गा थियो घरमा समेत चिरा परेर भत्कन सुरु भयो त्यस पछि बिस्तापित भएर काटीखेत बाट बिस्तापित भएर पटौटाको खुख्खा डाडामा गएका स्थानिय बासी गेहेन्द्र राबलले बताए ।
 
बाबु बाजेका पाला देखि बस्दै आएको जन्मथात पहिरोले बगाए पछि बिस्तापित भएर आएको ठाँउमा समेत समस्या भएको राबलले बताए  । उनले स्थानिय सरकार बाट २५ किलो चामल भन्दा अरु केही पनि राहत नपाएको बताउदै पटौटा बासीका समस्या बुझी दिन सरकार संग आग्रह गरे ।
  
सो पहिरोका कारण जिल्लाको एक मात्र जयपृथ्बी राजमार्ग समेत पटक पटक अबरुद्घ हुने गरेको छ । त्यसका साथै खेती योग्य भुमी बर्षेनी कटान गरि रहेको छ भने झण्डै पाँच वटा सिचाई कुला खानेपानि लगाएका अति आवश्यक चिजहरु समेत प्रभावित हुने गरेका छन् ।       
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ