arrow

सेनाद्धारा अखेटोपहारसहित तस्करीमा संलग्न पक्राउ

logo
प्रकाशित २०७७ पुष १३ सोमबार
arrest-final.jpeg

काठमाडौं । नेपाली सेनाले दुर्लभ वन्यजन्तु सालकको तस्करीमा संलग्न तीन जनालाई अखेटोपहारसहित पक्राउ गरेको छ । चितवन राष्ट्रिय निकुञ्जमा सञ्चालन गरिएको ‘अपरेसन महाहन्ट–७’ मा खटिएको  सेना, बादरझुलाबाट खटिएको सशस्त्र प्रहरी र निकुञ्ज प्रशासनको संयुक्त टोलीले तस्करीमा संलग्नलाई आइतबार पक्राउ गर्न सफल भएको हो ।
    
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार पक्राउ परेका व्यक्ति र अखेटोपहारलाई कसरास्थित चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाइएको छ । पक्राउ पर्नेमा चितवन माडीनगरपालिका–६ का केशरबहादुर तामाङ, शुक्रप्रसाद तामाङ र पञ्चलाल प्रजा छन् । 

उनीहरुको साथबाट सालकको खपटा ३७५ ग्राम र सुकुटी करिब ५०० ग्राम बरामद भएको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षमा संरक्षित जीवजन्तु र प्राकृतिक सम्पदाको सुरक्षा र चोरी शिकारीका घटना नियन्त्रणका लागि सेनाले विभिन्न अपरेसनका कारवाही सञ्चालन गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ