arrow

धनुषाको मिथिला बिहारी नगरपालिकामा विरोध प्रर्दशन

logo
प्रकाशित २०७७ पुष १३ सोमबार
dhanusha-mithila.jpg

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिकामा विरोध प्रर्दशन गरिएको छ । मिथिला बिहारी नगरपालिका ३ स्थित मिथिलेश्वर स्वास्थ्य चौकी संघर्ष समितिले आईतवार प्रर्दशन गरेको हो ।

नगरपालिकाका नगर प्रमुख अनिल यादवले गैर संवैधानिक तरिकाले मिथिलेश्वर स्वास्थ्य चौकीको स्तरनोन्तिको साटो आफ्नो गाँउमा स्वास्थ्य चौकीको शिलान्यास गरेको स्थानीयहरुले आरोप लगाएका छन ।

तोकेरै मिथिलेश्वर स्वास्थ्य चौकीको स्तरनोन्तिको लागि आएको बजेट बिना बोर्ड बैठक नगरपालिकाका नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा आफ्नो गाँउमा शिलान्यास गरेको नेपाली कांग्रेसका प्रभावशाली युवा रामपल्टन साहले बताएका छन ।

 नेपाल सरकारको नीति तथा कार्यक्रम बमोजिम आर्थिक वर्ष २०७७ र ७८ को संघीय बजेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यक्रम अन्तर्गत प्रत्येक स्थानीय तहमा स्वास्थ्य चौकी एवंम प्राथमिक स्वास्थ्य केन्द्रहरुको स्तरनोन्तीका लागि अनुदान दिईएकोमा त्यसको बिपरित नगरपालिका गएको भन्दै प्रर्दशन गरिएको उनले बताए ।

संघर्ष समितिले आफ्नो मांग पुरा गर्न दबाब दिदै तीन दिने आन्दोलनको कार्यक्रम समेत घोषणा गरेको छ । आफुहरुको मांग पुरा नभए कडा संघर्षमा उत्रिने संघर्ष समितिको चेतावनी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ