arrow

स्वाभिमान अभियान म्याग्दी र बागलुङ्गमा जागरण सभा सम्पन्न

logo
प्रकाशित २०७३ जेठ २९ शनिबार
मानव-अधिकार-तथा-शान्ति-समाज.jpg.jpeg
म्यागदी ।  मानव अधिकार तथा शान्ति समाजले शान्ति, अहिंसा, राष्ट्रिय स्वाभिमान, एकता, सद्भाब र आत्मसम्मान भन्ने मुल बिषय सहित देशब्यापी रुपमा संचालन गरिरहेको स्वाभिमान अभियान  म्याग्दी र बागलुङ्गमा सम्पन्न भएको छ  । जागरण सभा जेष्ठ २८  गते  बागलुङ्ग र जेष्ठ २९  गते म्याग्दी सदरमुकाम स्थित बेनी बजारमा जागरण सभा सम्पन्न भएको हो । 
 
जागरण सभामा प्रमुख बक्ताको रुपमा बाल्दै मानब अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले प्रकृतिले आफ्नो गति बदल्दैन, प्रकृतिको प्रकोपलाई दृष्टिगत गर्दै हामीले आफ्ना ढाँचालाई बदल्नुपर्छ भन्दै प्राकृतिक बिपत्तीको सामना गर्न उद्दार राहत र पूनर्वासको बलियो संयन्त्र हुनुपर्ने कुरामा जोड दिए ।
  
शान्ति समाज म्याग्दी शाखाका सभापति मुक्ति ढुङ्गांनाको सभापतित्वमा सम्पन्न जागरण सभामा समाजका केन्द्रिय कार्यसमितिका सभापति गंगाधर अधिकारीले मन्तब्य ब्यक्त गरेका थिए । सभामा  सांसद रेशम बानिया, सहायक प्रमुख जिल्ला अधिकारी यादबराज आचार्य, नेपाली काग्रेँसका मिनबहादुर कार्की,  नेकपा एमाले जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, नेकपा माओबादी केन्द्रका जिल्ला अध्यक्ष चन्द्रबहादुर घिमिरे लगायतले अभियानको सफलताको कामना सहित ऐक्यबद्धता ब्यक्त गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ