arrow

निजामती सेवाबाट बल्ल लोकसेवा भयोः मैनाली

logo
प्रकाशित २०७३ जेठ २९ शनिबार
psc-office.jpg.jpeg
काठमाडौँ। लोकसेवा आयोगले सुरक्षा निकाय तथा अन्य सरकारी सेवाका कर्मचारीको बढुवा र विभागीय कारबाही गर्दा अपनाउनुपर्ने सामान्य सिद्धान्त तयार गरेको छ।
 
नयाँ संविधानको व्यवस्था अनुसार आयोगले प्रारम्भिक रुपमा ती सिद्धान्त तयार गरेको हो । संविधानको धारा २४३ मा सुरक्षा निकायमा पनि बढुवा गर्न आयोगको सहभागिता हुने र सरकारी सार्वजानिक संस्थामा कर्मचारीको प्रवेश आयोग मार्फत हुने प्रावधान छ।
 
आयोगद्वारा तयार पारिएको सो सिद्धान्तलाई निष्कर्षमा पुग्ने ध्येयले आज यहाँ आयोजित कार्यक्रमको शुभारम्भ गर्दै आयोगका अध्यक्ष उमेश मैनालीले नयाँ संविधानले आयोगको जिम्मेवारीको दायरालाई फराकिलो बनाएको बताए। उनले यो जिम्मेवारीसँगै बल्ल निजामती आयोगबाट लोकसेवा आयोगमा रुपान्तरण भएको विचार व्यक्त गर्दै संविधानको प्रावधान अनुसार सार्वजानिक संस्थामा कर्मचारी भर्नाका लागि परीक्षा लिन सुरु गरिसकिएको जानकारी दिए।
 
विस २००८ मा स्थापित लोकसेवा आयोगले २०१३ सालदेखि मात्र निजामती कर्मचारीका लागि लिखित परीक्षा लिन सुरु गरेको थियो भने विसं २०१५ मा यसलाई संवैधानिक निकायमा रुपान्तरण गरिएको थियो। हाल आयोगले अनलाइन प्रविधिबाट फाराम भर्न तथा उपसचिव र सहसचिवस्तरका परीक्षाका कापी दोहोरो परीक्षणको व्यवस्था सुरु गरेको छ।
 
आयोगका सचिव माधवप्रसाद रेग्मीले सुरक्षा निकायको बढुवा प्रक्रियालाई अझ प्रभावकारी बनाउन र सार्वजानिक संस्थाको कार्यक्षमता अभिवृद्धि गर्न सामान्य सिद्धान्त बनेको जानकारी दिए। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ