arrow

सन्त एकनाथले पाएको त्यो ज्ञान

logo
ज्ञान,
प्रकाशित २०७७ पुष १३ सोमबार
sant-eknath.jpg

काठमाडौं । सन्त एकनाथ विट्ठल भगवानको परम भक्त थिए । सन्त ज्ञानेश्वर एकनाथलाई भन्थे, 'एकनाथज्यू! आत्मज्ञान लिनुहोस्, बिना ज्ञान कल्याण हुँदैन । एकनाथ सोच्थे, म त पण्ढरपुर मन्दिरमा गएर साक्षात् भगवानसँग कुरा गर्दछु, यिनी ज्ञानेश्वर आत्माको ज्ञान जान्ने कुरा गर्दछन्, यसको मलाई के जरुरत छ !'

जब सन्त ज्ञानेश्वरले पटक पटक एकनाथज्यू आत्मज्ञान अवश्य जान्नुहोस् भनिरहे, तब एकनाथले भने, 'तिमी ज्ञानको कुरा गर्दछौ जबकि म त भगवान विट्ठलसंग साक्षात् कुरा गर्दछु ।' सन्त ज्ञानेश्वरले हाँसेर भने, ' ठिक छ ! जब तपाईं मन्दिर जानु हुनेछ, तब विट्ठल भगवानलाई नै सोध्नुहोस् कि आत्मज्ञान जान्नु जीवनमा जरुरी छ या छैन ।'

एकनाथ पण्ढरपुर मन्दिर गएर भगवान विट्ठलाई सोध्छन्, 'प्रभु! सन्त ज्ञानेश्वर बार-बार मलाई भन्छन्, आत्मज्ञान जान, कृपा गरेर यो बताउनुहोस् जब म यहाँ मन्दिरमा आएर साक्षात्  तपाईसंग कुरा गर्दछु, भने आत्मज्ञान जान्ने आवश्यकता नै के छ?' तब भगवान विठ्ठलले एकदमै राम्रो उत्तर दिनुभयो, 'एकनाथजी! जब तपाईंले मसंग कुरा गर्न चाहनुहुन्छ, तब तपाई पण्ढरपुर मन्दिरमा आउनुहुन्छ जुन भगवान विट्ठलको मन्दिर हो । तर जब तपाईंलाई आत्माको ज्ञान मिल्ने छ तब जहाँ पनि हुनुहुन्छ त्यहि तपाईंले मसंग कुरा गर्न सक्नु हुनेछ, यहाँ मन्दिरमा आइरहने जरुरत नै पर्ने छैन।'

विट्ठल भगवान भन्नुहुन्छ,'एकनाथजी! जब तिमीलाई आत्मज्ञान मिल्ने छ, तब जहाँबाट पनि मसंग कुराकानी गर्न सक्नुहुनेछ, मेरो साक्षात् दर्शन गर्न सक्नुहुनेछ।'  

भगवान जगन्नाथको दर्शन गर्न मानिसहरू जगन्नाथपुरी जान्छन्, यदि आत्मज्ञानको क्रियात्मक उपदेश मिल्यो भने हामी आफ्नो हृदयमा नै भगवानको दर्शन गर्न सक्छौं ।

द्वापरयुगमा कौरव र पाण्डवहरूको कुरुक्षेत्रको मैदानमा महाभारत युद्ध भएको थियो, यसकारण शान्तिको निम्ति ऋषिहरूले प्रार्थना गरेका थिए - सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु मा कश्चित्दुःखभाग्भवेत् ।।

ऋषिहरूका आत्मा उन्नत भएको थियो उनीहरूले मेरो मात्र कल्याण होस् भनेनन्  । उनीहरूले सबै सुखी हौन्, सबै निरोगी रहुन् भने । जसरी हवाई जहाजबाट माथि आकाशमा गएँ तराई, पहाड, हिमाल देखिने छ, अझै माथि गएँ पूरा संसार देखिने छ। उस्तैप्रकार हाम्रो आत्मा जति उन्नत हुँदै जान्छ, आत्माको जति उत्थान हुँदै जान्छ, उतिनै हाम्रो दृष्टिकोण उच्च हुँदै जान्छ, तब जात-पात, ठूलो-सानो वर्गभेद देखिदैन। उनीहरुले मानव मात्रको कल्याण गरे अनि यो आत्मज्ञान द्वारा नै सम्भव हुन्छ ।

 हाम्रा ऋषि-मुनि आत्मज्ञानी थिए। यसकारण उनीहरूले सारा संसारको मंगल कामना गरे। उनीहरुले सुझाए- 'हे मानव! यदि आफ्नो कल्याण चाहन्छौ भने आत्मज्ञानलाई जान । जब प्रत्येक व्यक्ति आत्मज्ञानी बन्ने छ, तब सारा संसार आत्मज्ञानी बन्ने छ, तब मानवमात्रको कल्याण हुनेछ, संसारमा सद्भावना फैलनेछ ।'



नयाँ