arrow

सरकारलाई सडकबाटै तह लगाउँछौः नविन्द्रराज जोशी

logo
सुशान्त आचार्य,
प्रकाशित २०७७ पुष १३ सोमबार
nabindra-raj-joshi-mp-congress.jpg

काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले बालुवाटारभित्र बसेर लोकतन्त्रको चीरहरणमा मस्त रहेको सरकारलाई सडकबाटै ठेगान लगाउने चेतावनी दिएका छन् । राजधानी बसन्तपुरमा भएको विरोध प्रदर्शनमा सम्बोधन गर्दै जोशीले निरंकुश सरकारलाई सडकबाटै तह लगाउने बताएका हुन् । 

“कोरोना महामारी नियन्त्रणमा नआउँदै सडकमा आउन बाध्य भयौं,” जोशीले भने, “सरकार संसदबाट भाग्यो,संसद् विघटन गरेर संविधानमाथि बलमिच्याइ गर्यो। बालुवाटारभित्र बसेर षडयन्त्र गरेको सरकारलाई ठेगानमा ल्याउन सडकमा आएका हौं । अब फर्केर यसै जाँदैनौं, हेक्का रहोस्।”

जोशीले सरकारलाई हावादारीको संज्ञा दिए । “मुखले भ्रष्टाचार गर्दिन भन्छ, भ्रष्टाचार सहन्न पनि भन्छ । तर, वाइडबडी जहाज खर्लप्पै खान्छ,” उनले भने, “सेक्युरिटी प्रेस खर्लप्पै खान्छ ।” त्यसैले वर्तमान सरकार विरुद्ध अव कांग्रेस सडकबाटै अगाडि बढ्ने जोशीले बताए । जनतालाई ऋणको भारी बोकाउँदै ,आफु यति र ओम्नीको भारी बोक्ने सरकार जनताको सरकार नभइ गिरोहको सरकार रहेको उनले आरोप लगाए । सबैको आँखा सर्वोच्चतिर रहेको न्यायमूर्तिले संविधान र कानून अनुसार फैसला सुनाउनेमा विश्वस्त रहेको समेत उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ