arrow

कांग्रेसका आयोजनामा उभिएर सेल्फी हान्नु बाहेक नेकपाका नेताले  केही गर्न सकेनन् – दिवान बिष्ट 

logo
दीपेन्द्र बस्नेत,  
प्रकाशित २०७७ पुष १३ सोमबार
divan-bista.jpg

बेलौरी  । नेपाली कांग्रेसले सुरुआत गरेका आयोजनाहरुमाथि उभिएर सेल्फी हानेर फेसबुकमा पोष्ट गर्नु बाहेक नेकपाका नेताहरुले केही गर्न नसकेको कांग्रेसका नेता एवं पूर्व सांसद दिवान बिष्टले बताएका छन् । कांग्रेसको सोमबारको विरोध सभालाई सम्वोधन गर्दै उनले सर्वहारा वर्गको उत्थान र समृद्धिको सपना देखाएर नेकपाले जनतालाई धोका दिएको बताए । 

कार्यक्रममा बोल्दै नेता बिष्टले भने, ‘नेपाली जनताले २०७४ को निर्वाचन मार्फत ५ वर्ष सरकार चलाउन नेकपालाई जनादेश दिएको हो तर आज संसद नै विघटन गरेर प्रधानमन्त्री ओलीले नेपाली जनताको आशा र भरोसामाथि कुठाराघात गरेका छन् ।’

नेता बिष्टले भने, ‘सरकारलाई कांग्रेसले रचनात्मक सहयोग गरिरहेकै थियो हामीले न त संसद नै घेर्यौं नत सडकमा टायर जलायौ न त हिंसात्मक आन्दोलन नै गर्यौं । तर पनि नेकपाले किन जनताको चाहना अनुरुप सरकार चलाउन सकेन ?’ उनले अगाडि थपे, ‘नेकपाका नेता केपी, प्रचण्ड, माधव र झलनाथजीहरुकै आपसी द्वन्द्वले आज लोकतन्त्र खोसिएको छ ।  जनप्रतिनिधिमुलक संस्था संसद विघटन प्रधानमन्त्री ओलीको हठ, अधिनायकवादी र निरंकुश मानसिकताका कारण हो ।’ 

उनले नेकपाका चारै जना नेताहरुका कारण संसद विघटन र लोकतन्त्र धरापमा परेको आरोप लगाए । बेलौरीको संविधान चोकमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता बिष्टले भने, ‘यो क्षेत्रमा नेपाली कांग्रेसले गरेको योजना भन्दा नयाँ केही पनि काम नेकपा सरकारको पालामा हुन सकेको छैन ।’
 
बेलौरीको खुलामञ्चबाट शुरु भएको जुलुस बजार परिक्रमा गर्दै संविधान चोकमा पुगेर सभामा परिणत भएको थियो ।

विरोध सभा नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापति गोपिप्रसाद उपाध्यायको सभापतित्वमा सम्पन्न गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ