arrow

आफ्नै पार्टीका नेता बिरुद्ध उत्रिए सर्लाहीका नेता कार्यकर्ता

logo
प्रकाशित २०७७ पुष १४ मंगलबार
ncp-sarlahi1.jpg

सर्लाही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मंगलबार संसद विघटनको विरोधमा सदरमुकाम मलंगवामा सरकार विरुद्ध प्रदर्शन गरेको छ । पार्टीको जिल्ला कमिटीको ब्यानरमा भएको विरोध प्रदर्शनमा प्रचण्ड-माधव समूहका नेता कार्यकर्ताहरु सहभागि भएका थिए ।

पब्लिक माध्यमिक विद्यालयबाट सुरु भएको विरोध र्‍याली मलंगवा नगर परिक्रमा गरी शहीद चौकमा आएर विरोध सभामा परिणत भएको थियो । नेकपाका जिल्ला सचिव कमल बुढाथोकीले सञ्चालन गरेको सो विरोध सभालाई पूर्व मन्त्री एवं पार्टीका केन्द्रीय सदस्य रामेश्वर राय यादव, अर्का केन्द्रीय सदस्य एवं पार्टी जिल्ला इन्चार्ज डाचाराज वाग्ले र जिल्ला अध्यक्ष रेवती पन्तले सम्वोधन गरे ।

जिल्लाभरबाट ठूलो संख्यामा पार्टीको झण्डा बोकेर टाउकोमा कालो पट्टी बाँधी सहभागी भएका नेता कार्यकर्तालाई सम्वोधन गर्दै तीनै जना वक्ताले संविधानलाई लत्याउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमको चर्को विरोध गरे । नेकपाको प्रचण्ड-माधव गुटले मंगलबार देशभरनै एकैसाथ प्रदर्शन गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ