arrow

नयाँ शक्ति पार्टी घोषणा सभामा तेस्रोलिङ्गी

logo
प्रकाशित २०७३ जेठ २९ शनिबार
naya-sakti.jpg.jpeg
काठमाडौँ । नयाँ शक्ति, नेपालको पार्टी घोषणासभामा सहभागी हुन देशका विभिन्न ठाउँमा रहेका समलिङ्गी तथा तेस्रोलिङ्गी काठमाडौँ आएका छन् । 
 
डा बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्तिले आइतबार खुल्लामञ्चमा पार्टी घोषणा गर्दैछ । उक्त सभामा सहभागी हुन झन्डै एक हजार पाँच सय समलिङ्गी तथा तेस्रोलिङ्गी काठमाडौँ आइसकेको नीलहिरा समाजकी अध्यक्ष एवम् नयाँ शक्तिका अन्तरिम केन्द्रीय परिषद् सदस्य पिङ्की गुरुङले जानकारी दिए । 
 
विगत १६ वर्षदेखि अधिकार प्राप्तिको अभियान चलाउँदै आएका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समलिङ्गी, तेस्रोलिङ्गी, दुईलिङ्गी र अन्तरलिङ्गी समुदायले आइतबार रत्नपार्कबाट बाजागाजा, झाँकी, विभिन्न वेशभूषासहित ¥याली निकाल्ने छन् । 
 
सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक अधिकारका लागि नयाँ शक्तिले आफ्नो समुदायले मुद्दा बोकेको अध्यक्ष गुरुङले बताए । उनले भने – “पहिलोपटक नयाँ शक्तिको सदस्यता फारममा तेस्रोलिङ्गी उल्लेख हुनु एउटा उपलब्धि हो ।” 
 
अहिलेसम्म अरु कुनै पनि राजनीतिक दलले तेस्रोलिङ्गी उल्लेख गरेर सदस्यता फारम वितरण नगरेको यस दलका नेताको आरोप छ । यसैबीच देशलाई समृद्ध बनाउने डा भट्टराईको अभियानमा साथ दिन आफूहरु राजधानी आएको तेस्रोलिङ्गीहरुले बताए । 
 
पार्टी घोषणा सभामा समलिङ्गी तेस्रोलिङ्गीले नित्य प्रस्तुत गर्ने कार्यक्रम रहेको बताइएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ