arrow

बर्षोदेखि सडकमा रहेकाले साथ पाए

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ पुष १५ बुधबार
besahara.JPG

जनकपुरधाम ।  सडकको छेउछाउ मागि खाने, सन्तुलन बिग्रेका बेसहाराको सहारा बन्न मानव सेवा आश्रमको एउटा टोली जनकपुरधाम आइ पुगेको छ ।  मेची महाकाली यात्राको क्रममा आएका सो टोलीले जनकपुरधामसम्ममा करीब १५ जना बेसहारा, मानसिक सन्तुलन बिग्रेकालाई गाडीमा बसाएर, नुहाई धोई नयाँवस्त्र समेत दिएका छन् ।

बर्दिवास, महेन्द्रनगर, तथा जनकपुरधामको सडक छेउँमा रहेका बेसहारालाई मंगलवार जनकपुरधाम उपमहानगरपालिकामा ल्याउँदा महानगरपालिकाका मेयर लालकिशोर साहले उनीहरुलाई भोजन गराएका थिए ।  त्यस्तै मानवसेवा आश्रमका पदाधिकारीहरुले नयाँ वस्त्र दिएर उनीहरुलाई वीरगञ्जमा रहेको आश्रममा पठाएका छन् । मानवसेवाको आश्रम मकवानपुरको हेटौडामा मुख्य कार्यालय रहेको जनाइएको छ ।

मानव आश्रमका सञ्चालक रामजी अधिकारीले मानवसेवा केन्द्र सातवटै प्रदेशमा र १४ वटा जिल्लाको २२ वटा स्थानमा रहेको  जानकारी दिए। अहिलेसम्म १ हजार १ सय ५०  जना  मानसिक सन्तुलन बिग्रेकाहरुलाई आश्रम राखेर देखाभाल गरिरहेको अभियन्ता मनोज घिमिरेले  बताए।
 
जनकपुरधाम आउने क्रममा महोत्तरीको वर्दिवासबाट ६ जना र धनुषाबाट ९  गरि १५ जनालाई  सडक पेटीबाट उद्धार गरेको छ । मनोज घिमिरेले २०६९ साल भदौ १३ गतेदेखि संचालनमा आएकोदेखि मानवसेवा आश्रमबाट ५ हजार जना लाभान्वित भइसकेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ