- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । संसद विघटन विरुद्ध नेपालमा मात्र नभइ विदेशमा रहेका नेपालीले पनि विरोध जनाएका छन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंबैधानिक, अराजनीतिक, अलोकतान्त्रिक र अराजक भएको स्पष्ट पारेका छन् ।
नेपाली समाज अमेरिकाकाले एक विज्ञप्ति जारी गर्दै ओली नसच्चिए न्युयोर्कको ज्याक्सन हाइटमा सिमित नभई राष्ट्रसंघको ढोका ढक्ढक्याउने चेतावनी दिएको छ ।
अध्यक्ष समिर महर्जनद्वारा जारी विज्ञप्तिमा ओलीतन्त्र बिरुद्व जन्मभुमी नेपालमा संघर्षरत सबै तप्काप्रति एक्यबद्वता जाहेर पनि गरेको छ ।
नेपाली समाज अमेरिकाको संयोजकत्वमा हालै ज्याक्सन हाइटमा गरिएको बिरोध प्रदर्शनमा जनजाती महासंघ, प्रवासी नेपाली एकता मन्चका अगुवाहरुले ओलीको कदमको चर्को आलोचना गरे ।
त्यस्तै नेपाली जनसम्पर्क समिति अमेरिकाले नेपाली कांग्रेसले ओलीको कदमको विरोध जनाएको छ ।समितिका उपसभापति एवं सुचना तथा प्रचार प्रसार विभाग प्रमुख अनन्तराज सुवेदीले एक प्रेस बिज्ञप्ति जारी गरेर विरोध जनाएका हुन ।