arrow

मूख्यमन्त्री पौडेलले हटाउँदै २० सांसदलाई 

भन्छन्–‘सडकमा बसेर संसदीय दलको नेताबाट कसैलाई निकाल्ने भन्ने हुँदैन, त्यो वाहियात कुरा हो’

logo
प्रकाशित २०७७ पुष १६ बिहिबार
dormani.jpg

काठमाडौं । बागमती प्रदेशका मूख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहका नेता डोरमणि पौडेलले २० जना समानुपातिक सांसदलाई हटाउने प्रक्रिया थालेका छन् । नेकपाको प्रचण्ड–नेपाल समूहका २० सांसदलाई उनले हटाउन लागेका हुन् । 

नेपाली रेडियो नेटवर्कसँगको कुराकानीका क्रममा उनले २० जनालाई नै स्पष्टिकरण सोधेको र अहिलेसम्म कसैले पनि जवाफ नदिएको बताए । बिहीबारसम्मको समय दिएकामा अहिलेसम्म कसैले जवाफ नदिएको उनले बताएका हुन् । 

मूख्यमन्त्री पौडेलले भने, ‘स्पष्टिकरण नदिए हट्छन् । हस्ताक्षर फिर्ता गर्छौं भनेर आए कार्वाही हुँदैन नत्र कार्वाही गर्छु ।’ मुख्यमन्त्रीमाथि अविश्वासको प्रस्ताव दर्ता गर्दा सहभागी भएका समानुपातिक सांसदलाई उनले हटाउन खोजेका हुन् । 

नेकपा फुटेपछि आरोप प्रत्यारोप र कार्वाहीको प्रक्रिया चलिरहँदा आफूमाथि पनि अविश्वासको ल्याउने र सबैभन्दा विरोधी प्रचण्ड–नेपाल समूहका सांसदलाई पौडेलले कार्वाही गर्न खोजेका हुन् । 

पौडेलले निर्वाचन आयोगमा कार्वाहीको पत्र दिएर उनीहरुको ठाउँमा अरुलाई नियुक्त गरिएको पत्र दिए पुग्ने पनि बताए । 

ओली समूहका पौडेललाई बुधबारमात्रै प्रचण्ड–नेपाल समूहले संसदीय दलको नेताबाटसमेत हटाइएको छ । यसबारेमा पौडेलले ‘सडकमा बसेर संसदीय दलको नेताबाट कसैलाई निकाल्ने भन्ने हुँदैन । त्यो वाहियात कुरा हो ।’ भनी प्रतिक्रिया दिएका छन् । 

पौडेलको स्थानमा संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई बनाइएको छ । 

उनले आफ्ना लागि अविश्वासको प्रस्ताव ठूलो कुरा नभएको पनि उनले बताएका छन् । आफू मूख्यमन्त्री भएको तीन महिनापछि नै हटाउन खोजिए पनि संविधानमै दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने कानून भएकाले पछि हटेको बताउँदै उनले आफूले खुलेर यसको सामना गर्ने बताए । 

उनले ‘अविश्वासको प्रस्ताव संसद खुलेको बेलामा दर्ता गर्ने हो’ भन्दै समय भने लम्ब्याउन खोजेका छन् । उनले भने, ‘संसद खुलेको बेलामा संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्ने हो । ११० जना सांसदबाट छुट्टिने हो । अविश्वासको प्रस्ताव राख्नेले आफ्नो पक्षमा बहुमत पुर्याउनुपर्छ ।’

उनले अविश्वासको प्रस्तावको सामना गर्ने बताउँदै प्रचण्ड–नेपाल समूहका सांसदले समेत आफूलाई समर्थन रहेको बताएको दावी गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ