arrow

नेपालगञ्ज नाकाबाट २ सय ६७ जनाको उद्दार

logo
सौरभ गिरी,
प्रकाशित २०७७ पुष १६ बिहिबार
uddhar.JPG

नेपालगञ्ज । नेपालगञ्ज नाकाबाट एक बर्षको अवधिमा जोखिमपूर्ण यात्रामा रहेका २ सय ६७ जनाको उद्दार गरिएको छ । लकडाउनमा मात्रै १ सय ५२ जनालाई उद्दार गरिएको छ ।

माइती नेपाल नेपालगञ्जले बिहिबार संचारकर्मीहरुसंग गरेको अन्तरक्रिया कार्यक्रममा संयोजक केशव कोइरालाले सबैभन्दा बढी बाँकेका ५५ जनाको उद्दार गरिएको बताए । त्यस्तै बर्दियाका ४० र दाङका ३७ जनालाई यो अवधिमा उद्दार गरिएको छ । खोजतलासका लागि निवेदन दिनेमा पनि यो बर्ष सबैभन्दा बढी बाँकेकै छन् । बाँकेमा पनि कोहलपुर, खजुरा र नेपालगञ्ज क्षेत्रको तथ्यांक बढी छ ।

कोइरालाका अनुसार दोस्रोमा बर्दियाका ३५ र तेस्रोमा दाङ र सुर्खेतका २५/२५ वटा निवेदन परेका छन् । श्रम र यौन शोषणमा परी उद्दार गरिएका मध्ये बाँकेका मात्रै ६ जना छन् । त्यसमा ३ जनालाई लकडाउनकै अवधिमा उद्दार गरिएको छ । लकडाउनमा आन्तरिक बेचविखन बढी देखिएको संयोजक कोइरालाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ