arrow

मुलुकमा सर्वदलीय अन्तरिम सरकारको आवश्यकता पर्यो –पूर्वमन्त्री बलायर 

logo
प्रकाश बम,
प्रकाशित २०७७ पुष १७ शुक्रबार
birbahadur-balayar.jpg

डोटी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री वीरबहादुर बलायरले मुलुकमा सर्वदलीय अन्तरिम सरकारको आवश्यकता रहेको बताएका छन् । नेपाली कांग्रेस आदर्श गाउँ कार्य समितिले ४५औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै बलायरले ओली सरकारले निर्वाचन गराउनेमा ढुक्क हुन सक्ने अवस्था नरहेकाले अन्तरिम सरकारको आवश्यकता रहेको बताएका हुन् ।

‘अदालतामा बिचाराधीन मुद्धा के हुने हो थाहा छैन’, बलयारले भने, ‘तर नेपाली जनताले अब अपमान सहन सक्दैन ।’ वर्तमान सरकारले निर्वाचन गर्न नसक्ने बताउँदै उनले मुलुकमा तोकेकै समयमा निर्वाचन गराउन सर्वदलीय अन्तरिम सरकार चाहिने बताए ।

कम्युनिष्टको आन्तरिक झगडाका बीच ओली सरकारले बैशाखमा निर्वाचन गराउन सक्नेमा ढुक्क हुन सक्ने अवस्था नरहेको बताउँदै पूर्वमन्त्री बलायरले अन्तरिम सरकारका माध्यमबाट मात्रै निस्पक्ष, धादलि रहति निर्वाचन गराउन सकिने बताए । कम्युनिष्टले निर्वाचन गराउन सक्दैनन् भन्ने कुरा विगत देखिनै प्रमाणित भएको भन्दै उनले भने, ‘यिनीहरुले जागिर खान र जोगाउन मात्रै अनेक हत्कण्डा बहाना अपनाउने गर्दछन् । बैशाखमा चुनाव हुनेमा कुनै विश्वास छैन । अन्तरिम सरकारका माध्यमबाट निर्बाचन हुनुपर्छ भन्ने हाम्रो धाराणा हो र अहिलेको आवस्यकता पनि हो ।’

‘ओलीले कामचलाउ सरकारको रुपमा सधैभरी सत्तामा रहुँला ठानेको होला, बलायरले भने, ‘बाध्य बनाउने छौं सरकार छोड्न । बाध्य भएनन् भने तानेर सडकमा ल्याउने छौं । नयाँ राजनीतिक परिस्थितिको निर्माण गर्ने छौं ।’

पूर्वमन्त्री बलायरले काङ्ग्रेस  भित्र बाहिर हल्ला गरेजस्तो कुनै पनि दुबिधायुक्त वातावरण नरहेको स्पष्ट पार्दै कांग्रसको आन्दोलन एक ढिक्का भएर जारी रहेको बताए । उनले नेपाल माथि विश्वको आँखा रहेकाले परिस्थिति बिग्रीयो भने देशमा जतिखेर जे पनि हुन सक्ने र देश द्वन्द्वमा जानसक्ने भएकाले सचेत रहन आग्रह गरे ।

प्रचण्ड र ओली कांग्रसका लागि बराबर रहेको बताउँदै उनले उनीहरुको आन्तरिक झगडाले देश बरबादी तिर गएको आरोप लगाए । कम्युनिष्टको झगडालाई खान नपाएको र लुट्न नपाएको क्रोधको संज्ञा दिदै पूर्वमन्त्री बलायरले कम्युनिष्ट पार्टीको फुटाईले एउटा कित्ता चिन तिर र अर्को कित्ता भारत तिर गएको बताए । 

नेता बलायरले थपे, ‘नेपालमा भारतीय हस्तक्षप त थियो थियो त्यसैमा चीनको हस्तक्षप पनि बढेको छ । पछिल्लो समय चिनका नेताहरु, मन्त्रीहरु आएर घरघरमा देउसी खेले जस्तै गर्दैछन् । भारतका मिडियामा प्रचण्डले भारतसाग गुहार माग्दैछन् । हामीलाई मिलाई दिनुपर्यो भनेर । यो राष्ट्रियता सार्वभौमसत्ता विरुद्ध छ ।’ 

कुनै पनि पार्टी फुटेनो राम्रो नभएको बताउँदै उनले कम्युनिष्टको झगडामा आफुहरुलाई कुनै चासो नरहेको बताए । पछिल्लो घटना क्रमले पनि कांग्रेस विना देशको परिकल्पना गर्न सकिदैन भन्ने कुरा पुष्टि भएको बलायरले बताए ।

जनताहरुमा कम्युनिष्ट प्रति वितृष्णा पैदा भैसकेकाले उनिहरुका दिन ओरालो लागि सकेको बताउँदै बलायरले कांग्रेसमा प्रवेस गर्नेहरुको लहर बढेको बताए । कम्युनिष्टले जनता तथा कार्यकर्तालाई कागती जस्तै निचोरेका कारण आज कांग्रेसलाई प्राण देउ भन्दै आउन थालेका छन्, उनले भने,‘ जब एउटा मान्छे समाजमा इजतका साथ, सगौरव बाँच्न सकेन, उस्का मौलिक अधिकार हनन हुन थाले दविन थाले, खोसिन थाले, चेपिन थाले, अनि उस माथि आक्रमण हुन थाल्यो तब कांग्रसमा प्रवेस गर्न थाले । उनिहरुको अभिभावकत्व हामिले लिन्छौं र स्वतन्त्रसँग, सम्मान जनक रुपमा बाँच्ने वातावरण बनाउँछौं ।’‘ बिरालालाई बन्द कोठामा थुन्दा घाँटीमा आक्रमण गर्दछ, त्यही आक्रमणको सिकार भएकाहरु निस्वार्थ कांग्रसमा प्रवेश गर्न थालका छन् । त्यही आक्रमणको चाङ हो कांग्रेस प्रवेस गर्नेको लहर’, बलायरले थपे ।

कम्युनिष्टका नेताहरुले पैंसा लुट्दै गाउँ छोडेर हिडेको आरोप लगाउँदै बलायरले अब उनिहरुका गाउँको जिम्मा कांग्रसले लिने बताए । उनले भने, हामी उनीहरुका वस्तीहरुको जिम्मा लिन्छौं । हामीले आफ्नो बनाउँन खोजेका छैनौ । हामिसँग व्यक्तिगत स्वार्थ छैन । सरकारी स्रोत र साधन प्रयोग गरेर खादैनौं र खुवाउँदैनौँ गरिब जनताको अभिभाकत्व निर्वाह गर्दछौं ।’

भ्रष्टाचारीलाई छोड्दैनौं
कांग्रेसले भ्रष्टाचारी नेता कार्यकर्ता र कर्मचारीको निगरानी राखिरहेको बलायरले बताए । उनले भने,‘ कांग्रेसले भ्रष्टाचारी नेता कार्यकर्ता र कर्मचारीको निगरानी राखिरहेको छ । हिसाव किताव लिने बेला आउँदै छ । यिनको सम्पतिको छानविन गर्ने बेला आउँदैछ । रसि हालेर तानेर सडकमा ल्याउँछौं । अहिले अख्तियार, सम्पति शुद्धिकरण, प्रहरी प्रशासन धम्कीका कारण चुप छ । चाँडै हिसाव किताव गछौं । अब गाउँ–गाउँ वस्ती–वस्तीमा बस्छौं ।’ बलायरले अब कांगे्रस भएकै कारण कसैले होच्याउन्छ दबाउँछ भने त्यसको मर्मत गर्ने तागत पनि कांग्रससँग रहेको चेतावनीसमेत दिए ।

समृद्धिको झुटो नाराका नाममा कम्युनिष्टहरुले आफ्नो भुँडी भरिरहेको, अधेरोमा लुटिरहेको र आफ्नालाई मात्र भागवण्डा गरिरहेको बताउँदै अवका दिनमा खाएको जति वकाल्ने बलायरले बताए । उनले भने,‘यिनिहरुले हामीले खाएको कस्ले देखेको छ भन्ने सोचेको होला, निगरानी राखेका छौं ।, अब खोल्छौ पोल, अब गछौं हिसाव किताव, देश छोडेर गायो भने हाम्रो भन्नु केही छैन नत्र छोड्ने वाला छैनौं ।’

निर्वाचनको बखत बुतमा दादागिरि गर्नेहरु, बाटामा चिनि तेल बाँड्नेहरुकासमेत हिसाव किताव गरिने उनले बताए । उनले भने,‘हामिले लगत लिएका छौं । औगातमा बसेनौ भने औगातमा बसाउन सक्ने तागत छ । गरिवलाई झन गरिव बनाउने अनि गरिवी माथि खेल्ने र लोभ्याउने कम्युनिष्टका एक–एक हिसाव राखेका छौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ