arrow

लोकतन्त्रको रक्षा गर्न गाउँगाउँबाट संघर्ष जरुरीः अर्जुननरसिंह केसी

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष १७ शुक्रबार
arjun-narsing-kc1.jpg

नुवाकोट। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले लोकतन्त्रको रक्षाको लागि गाउँगाउँबाट संघर्षमा उत्रन आव्हान गरेका छन् । उनले भ्रष्टाचार, ओलीको मनपरितन्त्र र संविधानमाथि भएको आक्रमणको विरुद्धमा गाउँगाउँबाट विरोध गर्दै एकिकृत भएर लाग्न नेता तथा कार्यकर्तालाई आव्हान गरेका हुन् ।

राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा वीपी विचार राष्ट्रिय समाजले विदुरको पार्टी कार्यालय वीपी स्मृतिभवनमा आयोजित कार्यक्रममा केसीले देशलाई चुनौती परेको बेलामा हामी बीच भएका सानातिना मतभेदलाई बिर्सेर सबै एकतावद्ध भई एक ठाउँमा उभिएर लोकतन्त्रको रक्षा गर्न कांग्रेस लाग्नु पर्ने बताए । वीपीको  चित्रलाई भन्दा नीतिलाई अनुसरण गर्दै जानुपर्ने उनले बताए । ‘चित्रलाई माला लगाएर पूजा गर्नु अर्थ न बर्थ त्यो देखाउनको निम्ति हो, न्यूनतम आदर्शलाई बोक्न सकेनौ भने पार्टीभित्र परिवर्तन हुनसक्दैन । मेलमिलापको नीति हामी एकअर्काभित्र हुनुपर्यो,’ नेता केसीले भने ।

नाफा र नोक्सान हेरेर लोकतन्त्रमाथि भएको आक्रमणलाई कांग्रेसले समर्थन गर्न नसक्ने उनले बताए । नेता केसीले देश फेरी नयाँ द्धन्दतिर धकेलिएको बताउदै अहिले परिस्थिति ०५९ पछि संसद नहुँदाको शून्यतातर्फ धकेलिएको बताए । उनले देशलाई संवैधानिक लिकमा ल्याउन कांग्रेस बाहेक अरुले नसक्ने बताए । विभिन्न जातजाति र धर्मप्रतिको आस्थालाई सर्बधर्मसमभावले हेरेर कांग्रेसले सन्तुलन कायम गर्न सक्ने बताउँदै नेता केसीले कम्युनिष्टको हातमा देश जाँदा देश सुरक्षित नरहने बताए । उनले कम्युनिष्टले भ्रमका पुलिन्दा बाँधेर झुटको खेती गरेको बताए । नेपाली जनताले तीन वर्षमा सिंहदबारको अधिकार गाउँगाउँ र वडामा पुग्नुको साँटो भ्रष्टाचार गाउँगाउँ वडावडामा पुगेको र जनताले कुनै प्राप्ति नगरेको नेता केसीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ