arrow

यस्तो चर्चा छ नयाँ शक्तिको

logo
प्रकाशित २०७३ जेठ ३० आइतबार
Naya-Shakti.jpg.jpeg
काठमाडौं । औपचारिक घोषणाको तयारीमा रहेको नयाँ पार्टी नेपालको घोषणा हुनु अगाडी नै अनेकखालका चर्चा हुन थालेको छ । काठमाडौंबाट प्रकाशित हुने सवैजसो पत्रपत्रिकाहरुको अघिल्लो पेज पुरै विज्ञापन छपाएकाले यसको चर्चा थप बढेको छ । विज्ञापनकै विषयलाई लिएर आज विहानै देखि सामाजिक संजालहरुमा सयौं स्टाटस तथा कमेण्टहरु लेखिएका छन् । 
 
कृष्ण भण्डारीले तपाईको मनमा छाउला वा नछाउला तर देशका प्रमुख पत्रिकाको पहिलो पृष्ठमा छायो नयाँ शक्ति भनेर लेखेका छन् । त्यसैगरी पत्रकार डण्ड गुरुङको स्टासट यस्तो छ - हन पैसो टन्न रछ, नयाँ शक्तिको शक्ति पत्रिकाको ज्याकेट एडमै देखियो । पत्रकार कुसुम भट्टराईको टिप्पणी पनि कडा छ । लेख्छन् - नयाँ शक्तिले ब्रोडसिट दैनिकहरुमा यसरी बिज्ञापन ग¥यो, मानौं नयाँ शक्ति कुनै पार्टी हैन, भर्खर बजारमा आएको सस्तो अनि गुणस्तरहीन चाउचाउ हो, जसको बजार प्रवर्धन अपरिहार्य छ, नत्र त्यो बिक्दैन । त्यसैगरी पत्रकार प्रकाश सिलवालको प्रश्न यस्तो छ - पत्रिकाको ज्याकेट रे छ नयाँ शक्ति, कस्को पकेट रे छ नयाँ शक्ति र ?  रामृष्ण शर्माको टिप्पणी पनि खरो छ । लेख्छन् - हिसिलाले जम्मा गरेको पैसा नेपाली मिडियालाई मात्र हो कि भारतीय मिडियामा पनि खन्याईएको छरु दक्षिण एशिया ढाक्न त पुग्नै पर्ने हो क्यारे ।
 
त्यसैगरी पत्रकार एकराज पाठकले छोटो तरिकाले नयाँ शक्तिप्रति आश्चर्य व्यक्त गरेका छन् - राम राम बाबुराम ।  पत्रकार तिर्थ कोईरालाले पनि पत्रिकामा छापिएको विज्ञापनको फोटो सहित फेसवुक वालमा लेख्नु भएको छ - देख्नु भो त नयाँ शक्ति ?
 
नयाँ शक्ति नेपालको आज हुन लागेको घोषणा सभामा निम्ताका लागि छापिएको विज्ञापनलाई लिएर यस्तो टिप्पणी भएको हो । पुर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको घोषणा सभा दिउसो १२ बजेपछि दशरथ रंगशालामा हुदैछ । कार्यक्रममा लाखौको सहभागीता हुने दावी गरिएको छ भने विभिन्न पार्टीका नेता तथा विदेशी पाहुनाहरु समेत सहभागी हुने पार्टीले जनाएको छ । कार्यक्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल भने उपस्थीत नहुने भएका छन् । प्रचण्ड सचिवालय भन्छ‘अध्यक्ष ज्यु धनगढी हुनुहुन्छ, फर्किने बित्तिकै राजधानीमा अर्को कार्यक्रममा जाने कार्यतालिका छ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ