arrow

फुपूद्धारा पाँच वर्षीय बालकको हत्या

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
Handcuffs.jpg.png

धनुषा । धनुषामा पाँच वर्षीय बालकको हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरी शुक्रबार धनुषा प्रहरीले सार्वजनिक गरेको छ । धनुषा विदेह नगरपालिका–२ दुहबी बस्ने २६ वर्षीया प्रमिलादेवी अमातलाई सोही ठाउँ बस्ने जीवनराय अमातको पाँच वर्षीय छोरा अभिनन्दनराय अमातको हत्या गरेको आरोपमा पक्राउ गरी सार्वजनिक गरिएको हो । हत्या आरोपमा पक्राउ पर्ने महिला मृतक बालकको नातामा आफ्नै फुपू पर्ने प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार बालक दुई दिनदेखि बेपत्ता थिए । खोजी गर्ने क्रममा बालकको शव उनकै हजुरबुबा पर्नेको गोठमा गाडिएको अवस्थामा फेला परेको थियो । 

बालक हराएपछि प्रहरीले खोजतलास गर्दै जाँदा मृतक बालककै बाजे नाता पर्ने ब्रम्हदेवराय अमातको भैँसी बाँध्ने गोठघरमा खाल्डो खनी गाडेको अवस्थामा शव फेला परेको प्रहरीले जनाए । तत्कालै धनुषाको प्रहरी उपरीक्षक मिश्रको कमाण्डमा अनुसन्धान टोली गई घटनास्थलको प्रकृति मुचुल्का उठाई शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ । 

प्रहरी उपरीक्षक मिश्रका अनुसार घटना सम्बन्धमा बुझ्दै जाँदा ब्रम्हदेवराय अमातको जेठी छोरी प्रमिलादेवी अमातले रूपैयाँ लेनदेनको विवादले उत्पन्न रिसइबीका कारण बालकको हत्या गरिएको हो । मृतक बालकलाई प्रमिलादेवीले घरमा बोलाएर चाउचाउ खान दिएको र बालकले चाउचाउ खाइसकेपछि बालकलाई बुबा ब्रम्हदेव सुत्ने गरेको खाटमा सुत्न लगाएर सुतेपछि घाँटी थिची हत्या गरेको र राति अँध्यारो भएको अवस्थामा घटनास्थलबाट मृत बालकलाई सेतो सलमा बेरेर भैँसी बाध्ने गोठघरमा खाल्डो खनी गाडेर माथिबाट खरानीले छोपेको भनी प्रमिलादेवीले प्रहरीसमक्ष स्वीकार गरेको प्रहरी उपरीक्षक मिश्रले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ