arrow

ओभाएको छैन द्वन्द्वको घाउ

हिराको प्रणः श्रीमानलाई गोली हान्नेहरुलाई राजनीतिक सबक सिकाउनु छ

logo
युवराज गौतम,
प्रकाशित २०७७ पुष १८ शनिबार
hira.jpg

काठमाडौं । वि.स.२०५७ सालको फागुन महिना जाडो केही कम भएको छ । हिउँदे विदा सकिएर विद्यालयमा कक्षाहरु नियमित चलिरहेका छन् । गाउँ शान्त जस्तो लागेपनि देश अशान्त थियो । माओवादीले चलाएको ‘जनयुद्ध’का कारण अप्रिय घट्नाका समाचारहरु आइरहेका थिए ।  शिक्षिका हिरा गुरुङ दिउँसो मध्य १२ बजे आफ्नो कक्षा सकेर प्रांगणमा निस्किंदा सहकर्मी शिक्षकहरु एकै ठाउँमा झुम्मिएको देख्छिन । कक्षा कोठामा विद्यार्थीहरुको कोलाहल भएपनि शिक्षकहरु खासखुस र कानेखुशीमा ब्यस्त देखिन्छन् । हिरा त्यतैतिर दौडिन्छिन । तर सहकर्मी शिक्षकहरु उनलाई देख्नसाथ साम्य हुन्छन् । निराशजस्ता देखिएका उनीहरुले गफ अन्यन्त्रै मोड्छन् । मुख हेराहेर गर्छन र केही क्षणमै सबैजना कक्षाकोठातिर जान्छन् ।

साँझ विद्यालय छुट्टी भएपछि सबैजना घरतिर लाग्छन् । केही शिक्षकहरु हिराकै घर जान्छन् । शान्त र चिन्तित जस्ता देखिएका शिक्षकहरु चिया नास्ता खाएर विदा हुन्छन् । खेतबारीमा मंकै छर्ने समय थियो । हिरा खेताला(कामदार) खोज्न गाउँतिर लाग्छिन । तल्लो गाउँ पुग्दा केही गाउँलेहरु उसैगरी भेला भएको देखिन्छ । तर त्यो भेलालाई उनले खासै वास्ता लाग्दैन । आफ्नो नियमित कामहरुका बारेमा सोच्दै उनी खेताला बोलाएर घर फर्किइन ।

तर जब साकेला गाउँपालिका-१,च्यानडाँडा बादुङ गाउँमा मा रहेको आफ्नो घरको आँगनमा जब उनी पुगिन माहोल एकाएक बिग्रियो । आमाजु रुँदै र चिच्याउँदै घरतिरै दौडिरहेको देखिन । आमाजु गहभरी आँशु पार्दै भक्कानिएको देख्दा हिरा चकित भइन । सोधीखोजी गरिन । आमाजुको मुखबाट एकै पटकमा जवाफ आयो–‘भाईलाई गोली हान्यो रे ।’ हिराले पत्याउन सकिनन् । ‘मैैंले पत्याउनै सकिन, सुरक्षा व्यवस्था राम्रो मानिएको खोटाङ सदरमुकाम सिक्तेलमा रहेका श्रीमानलाई कसरी गोली लाग्छ ?’ फेरि हामीलाई सूचना त सुरक्षाकर्मी वा पार्टीका जिम्मेवार व्यक्तिहरुले ल्याइदिनुपर्ने हो । आमाजुलाई सम्झाउँदै उनले भनिन, ‘शत्रुहरुले अनावश्यक हल्ला फिजाएका मात्र हुन, सदरमुकाममा कसले गोली हान्छ ?’

हिरा गुरुङ श्रीमानका तस्विरहरु नियाल्दै
हिरा गुरुङ श्रीमानका तस्विरहरु नियाल्दै

‘एक कान दो कान, मैदान’ भनेजस्तै श्रीमान कालुमान गुरुङलाई गोली लागेको खबर माओवादी निकट मानिएका एक आफन्तले पनि घरमै लिएर आए । हिराले त्यो खबरलाई पनि प्रतिवाद गरिन । निराश र क्रोधित बनेकी उनले प्रतिउत्तर दिइन- ‘यो गलत हल्ला तपाइँ किन फैलाइरहनु भएको छ ?, तपाइँलाई भन्दा पहिले मलाइँ खबर आउनुपर्ने होइन र ? कि घट्ना तपाइँले नै गराउनु भएको त होइन ?’

खबर लिएर आएकासँग प्रश्न-उत्तर, चासो चिन्ता केहीबेर चलिरहयो । छिमेकीहरु विस्तारै घरमा जम्मा हुनथाले । भरपर्दो संचार सुविधा नभएको त्यो बेला दिउँसो १२ बजे भएको घट्नाको आधिकारिक खबर साँझसम्म घरमा आएकै थिएन । हिरालाई घट्ना भएको हो भन्नेमा विश्वास नै थिएन । उनले त्यो कहालिलाग्दो र बज्रपातको घट्नाक्रम सुनाउने क्रममा भनिन्,-जब साँझ ६ बजे रेडियोले समाचारमा श्रीमानको अर्थात  ‘कांग्रेस नेता कालुमान गुरुङको गोली हानी हत्या’ भएको खबर सुनें म त छाँगाबाट खसेजस्तो भएँ । भाउन्न भएर आयो । होस हरायो । सपना हो कि विपना जस्तो भयो । संसार सकिएजस्तो र मुटु चुडिएलाजस्तै लाग्यो ।’

कहलिएका थिए कालुमान

कालुमान गुरुङ नेपाली कांग्रेसका स्थानीय नेता मात्र थिएनन् । सामाजिक र सेवा भावले काम गरेर सबैका प्रिय थिए । मध्यमस्तरको परिवारमा जन्मिएका उनी राजनीतिक परिवारका थिए । गाउँमा घर र जायजेथा राम्रै थियो । घरको काम भन्दा पनि सामाजिक काममा दौडिरहन्थे । तिलकबहादुर र दिर्घमाया गुरुङको कोखबाट खोटाङ च्यानडाँडा बादुङमा जन्मिएका उनीमा राजनीतिको नशा थियो । रगतमा प्रजातन्त्र थियो । राजनीतिक परिवर्तनताका स्कुले जीवनमै गाउँघरका मानिसहरु जम्मा गरेर प्रजातन्त्र  ‘जिन्दावाद’ अनि यथास्थितिवाद र निरंकुशता  ‘मूर्दावाद’का नारा घन्काउन लगाउँथे । कलम कापी बोकेर विद्यालय पढ्न जाँदापनि नारा जुलुसमा सहभागि भइरहन्थे ।

‘एक कान दो कान, मैदान’ भनेजस्तै श्रीमान कालुमान गुरुङलाई गोली लागेको खबर माओवादी निकट मानिएका एक आफन्तले पनि घरमै लिएर आए । हिराले त्यो खबरलाई पनि प्रतिवाद गरिन । निराश र क्रोधित बनेकी उनले प्रतिउत्तर दिइन- ‘यो गलत हल्ला तपाइँ किन फैलाइरहनु भएको छ ?, तपाइँलाई भन्दा पहिले मलाइँ खबर आउनुपर्ने होइन र ? कि घट्ना तपाइँले नै गराउनु भएको त होइन ?’

२३ बर्षको उमेरमै नेपाली कांग्रेसको क्षेत्रीय सभापति भएका कालुमान पार्टीका सिद्धहस्त, लगनशील र इमान्दार सिपाइ थिए । तर जब माओवादी युद्ध सुरु भयो कालुमान तारो बन्न थाले । उनको सक्रियता र संगठन विस्तारप्रति माओवादी कार्यकर्तामा इगो पलाएको थियो । रातदिन कालुमानको सक्रियताप्रति निगरानी सुरु भइसकेको थियो ।

आमासँग कालुमान गुरुङ
आमासँग कालुमान गुरुङ

नेपाली कांग्रेस खोटाङ सचिब, महासमिति सदस्य हुँदै कार्यवाहक सभापति भइसकेका उनी कालान्तरमा माओवादीको निशानामा परेका थिए । दाजु नविनचन्द्र गुरुङ पहिले नै प्रधानपन्च भइसकेकाले कालुमानलाई राजनीति बढो प्यारो लाग्दथ्यो । राजनीतिलाई सेवा ठानेर नागरिकको सेवामा दिनहुँ दौडिरहन्थे । उनको त्यही सक्रियता अन्ततः गोलीको वारुदले भौतिक रुपमा समाप्त पारिदियो । तर कालुमान खोटाङबासीको स्मृतिमा अझै अमर छन् । कहलिएका छन् ।

श्रीमान भेट्न रातभरी यात्रा

जब आफ्ना श्रीमानलाई गोली लागेको खबर गाउँभरी फैलियो हिरा राती नै घर छाडेर सदरमुकामतिर हिंडिन । गहभरी आँशु अनि मनभरी आक्रोश बोकेर उनी पुरा एक दिन लाग्ने बाटो पार गर्न रातभरी हिडिन । माओवादी युद्ध चर्किएको समय, जंगल, खोलानाला र बगरको आफ्टयारो बाटो पार गरेर जिवित श्रीमान भेट्ने अभिलाशामा अघि बढिन । प्रजातान्त्रिक व्यवस्था, विधी र सिद्धान्त, समाजवादी सोच र विकासका अवधारणाहरु बोकेर राजनीतिमा होमिएका श्रीमान ६ महिनादेखि नभेटेको न्यास्रो मेट्न पनि हिराले त्यही आतेसमा घर छाडेकी थिइन ।

साँझको ६ बजिसकेको थियो, म सदरमुकाम जान हिड्न खोजें । बाटोमा जसले मारे पनि मारोस भन्ने लागेर म जब्बरजस्ती हिडें । म सँगै अरु पनि धेरै हिडें । रातभरी यात्रा गरियो । कहाँ हिंडियो, कसरी हिंडियो थाहा भएन । अहिले सम्झिदा आफैंसँग चकित हुन्छु,’ उनले स्मरण गरिन, ‘तर जिवित होइन शवगृहमा मुडोजस्तै लडाइरहेका श्रीमानको शव देखेर आँशु थाम्नै सकिन, सायद त्यसबेला बगेको आँशु अझै ओभाएजस्तो लाग्दैन ।’

यस्तो नियती कसैले भोग्न नपरोस

जब माओवादी पार्टीका नाममा ‘जनयुद्ध’ सुरु भयो हिराको घरमा कहिल्यै शान्ति मिलेन । डर, त्रास, धम्की, अन्नपात र गाइबस्तु लुटपाट निरन्तर चलिरह्यो । उनले भोगिरिहन, सहिरहिन । देश बनाउने अभिलाशामा रित्तो हात राजनीतिमा होमिएका श्रीमानले कहिल्यै आनन्दले घरमा बस्नै पाएनन् । घरमा चाडपर्व कहिल्यै आएन । पाँच सन्तानले बाबुको काखमा कहिल्यै मजाले खेल्न पाएनन् । रमाउन पाएनन् ।

२०५७ साल फागुन २४ गते नेविसंघको विवाद मिलाउन ढाकिएको बृहत भेलाका प्रमुख अथिति बनेर मन्चमा बसेका कालुमानको ढाडमा गोली हानियो । ‘दाई जिल्लामा नहुँदा भोकै भयौं’ भन्दै माया गरेजस्तो गरी विद्यार्थी पोशाकमा आएका दुई युवाले छेउमै आएर गोली हानेर भागे ।

शिक्षण पेशामा रहेकी उनले महिनौंको तलब जनयुद्धका नाममा बुझाउनुपर्दथ्यो । ‘साना बच्चा, छँदाखाँदाको घरबारी र शिक्षण पेशा छाडेर जाने ठाउँ कहिं थिएन, उनले भनिन, ‘तर कांग्रेस पार्टीको राजनीति गर्दा, संगठन विस्तार गर्दा यस्तो नियती भोग्नु कसैले नपरोस ।’ श्रीमान गाउँको घरमै रहँदा पनि ‘भाटे कारवाही’, ‘जन-कारवाही’का नाममा दर्जनौं पत्रहरु आएका थिए । सबैले घरमा नबस्न सल्लाह दिइरहन्थे । दबाबकै बाबजुत कालुमान दिक्तेल बसेर पार्टीको काममा क्रियाशिल भएका थिए । तर त्यो क्रियाशिलता लामो समय रहन सकेन । प्रजातन्त्रको सिपाही बनेर देश दुनियाँको सेवा गरिरहेको एक जवानलाई शत्रुले एक निमेषमै श्वास लिए ।

भाग्दाभाग्दै ढलेका थिए कालुमान

२०५७ सालमा कांग्रेसको पोखरामा हुने नवौं महाधिवेशनको माहोल सुरु भयो । कालुमान गाउँमा संगठनको गतिविधिमा थप सक्रिय भए । त्यसबेला माओवादी युद्धको चरम प्रभाव थियो । गाउँ र क्षेत्रको अधिवेशनहरु सकेर महाधिवेशनको तयारीमा जुट्नुपर्ने थियो । माघ ९ गतेदेखि पुरै संगठनको महाधिवेशन तयारीमा जुटेका थिए उनी। दुई छोरा सदरमुकाममै बसेर पढ्थे तर घरमा चार बर्षकी छोरी छाडेर कालुमान पार्टीको संगठन विस्तारमा होमिएका थिए । घरगाउँमा बसेर काम गर्ने स्थिति नभएपछि उनी सदरमुकाम नै बसेर काम गरिरहेका थिए ।

पार्टीका केही भातृ संगठनभित्र आन्तरिक विवाद थियो । नेपाल महिला संघ र स्ववीयूको निर्वाचनका कारण नेवि संघमा उम्मेदवारीको विवाद थियो । तत्कालिन पार्टी सभापति शिव बस्नेतले कार्यवाहक सभापतिको जिम्मेवारी दिएकाले कालु्मान अत्यन्तै ब्यस्त थिए । विवाद मिलाउन र कार्यकर्तालाई सम्झाइबुझाइ गर्ने दौडधुप थियो । तर त्यो ब्यस्तता र लगनशिलता धेरै समय टिक्नै पाएन । २०५७ साल फागुन २४ गते नेविसंघको विवाद मिलाउन ढाकिएको बृहत भेलाका प्रमुख अथिति बनेर मन्चमा बसेका कालुमानको ढाडमा गोली हानियो । ‘दाई जिल्लामा नहुँदा भोकै भयौं’ भन्दै माया गरेजस्तो गरी विद्यार्थी पोशाकमा आएका दुई युवाले छेउमै आएर गोली हानेर भागे ।

ठूलो आवाज आएकाले उपस्थितहरुमा भागाभाग मच्चियो । कालुमान पनि ज्यान बचाउन भन्दै दौडिए । कसैले बम विस्फोट भएको लख काटे भने कसैले विजुलीको ट्रान्सफरमर पडकिएको अनुमान गरे । हिराले घट्ना विवरण सुनाउँदै भनिन,‘उहाँले आफूलाई गोली लागेको नै थाहा पाउनु भएनछ, आवाज मात्र आएको पत्तो पाउनु भएको रहेछ, केही पर सडक छेउमा रहेको पसल नजिक ढलेपछि कपडा खोलेर हेर्दा पो गोली लागेको भन्ने थाहा भयो ।’ गोली लागेर ढलेका कालुमानले ‘डाक्टर बोलाउ’, ‘पानी पानी’ र ‘छोरालाई बोलाइदेउ’ भन्दै धेरै चिच्याउनु भएछ,’ हिराले भनिन,‘अस्पताल लाँदा लाँदै उहाँले प्राण त्याग्नुभएछ ।’ बचाउने प्रयास स्वरुप काठमाडौंबाट हेलिकोप्टरमा डाक्टर झिकाउने तयारी हुँदाहुँदै कालुमानले संसार त्यागेका थिए रे ।

हिराको ‘ट्रनिङ प्वाइन्ट’

फरक आस्था, विचार र सिद्धान्त बोकेर राजनीतिमा होमिएका श्रीमानको हत्यापछि हिरा गुरुङका दुःख र पीडाका दिनहरु सुरु भए । दुःखसँगै आक्रोश र बदलावको भावनाको पनि विकास हुँदै गयो । स्वच्छ प्रतिस्पर्धा र प्रजातान्त्रिक प्रणालीमा विश्वास नहुनेहरुका विरुद्ध हिराले आफ्नो राजनीतिक यात्रा सुरु गरिन । शोकलाई शक्तिमा बदल्ने हिम्मत गरिन । शिक्षिका छँदा २०४२ सालतिरै नेपाल शिक्षक संघमा आबद्ध भएकी उनले कालान्तरमा श्रीमानको जिम्मेवारी पूरा गर्ने अभियानमा जुटिन ।

कालुमानको तस्विर देखाउँदै हिरा गुरुङ

दिप्रुङ गाउँपालिका-२ खोटाङमा जन्मिएकी उनको विवाह करिब ३५ बर्षअघि कालुमानसँग भएको थियो । कालुमानको राजनीतिक लगाव र प्रतिबद्धताबाट प्रभावित उनले धेरै कुरा सिक्ने मौका पाएकी थिइन । परिवार पनि राजनीतिक पृष्ठभूमि भएकाले उनलाई राजनीति गर्न सहज भयो । श्रीमान हत्यापछि उनले गाउँ छाडिन । गाउँ सुरक्षित नहुने भन्दै दिक्तेलमै बसेर शिक्षणसँगै राजनीतिलाई निरन्तरता दिइन ।

एकल महिला, द्धन्द्ध पीडित र विपन्न परिवारका आवाजको प्रतिनिधित्व गर्दै २०६४ सालमा हिराले संविधान सभाको यात्रा सुरु गरिन । कांग्रेसको सिफारिसमा संविधान सभा प्रवेश गरेकी उनले द्धन्द्धकालिन घटनाका दोषिहरुलाई कानुनी कारवाही गर्न, शहिदको सम्मान गर्न र एकल महिलाहरुको उचित व्यवस्थापन गर्न निरन्तर आवाज उठाइरहिन ।

पाँच छोराछोरी लिएर श्रीमानकै डेरामा बस्न थालें, जागिरपछिको फुर्सदलाई राजनीति गतिविधि र संगठनलाई दिन थालेको थिएँ । श्रीमान अभावको पीडा एकातिर थियो, छोराछोरीका शिक्षादिक्षा अर्कातिर थियो अनि मेरो राजनीतिप्रति लगाव बेग्लै थियो । तर पनि मैंले हिम्मत हारिन, लागिरहें’ उनले आफ्नो विगत सुनाइन । ‘मर्ने बेलासम्म श्रीमानले राजनीतिमा गरेको योगदान, उहाँको सपना र मेरो आफ्नै दृढताका साथ यतिबेला एकल महिला साथै द्वन्द्वबाट पिल्सिएका नागरिकको आवाज लिएर हिडिरहेको छु’, हिराले भनिन । तर सदरमुकाम पनि मेरा लागि सुरक्षित रहेन । करिब तीनबर्ष दिक्तेलको बसाइपछि काखमा दुई बच्चालाई च्यापेर राती नै आर्मीले जहाज चढाएर काठमाडौं ल्याइदिए ।

संविधानसभाको यात्रा

नेपाल शिक्षक संघ, महिला संघ हुँदै नेपाली कांग्रेसमा निरन्तर समय दिन थालेपछि हिराको शिक्षण पेशाबाट ब्रेक लगाउनु पर्ने स्थिति आइलाग्यो । दिक्तेल बसाइपछि २०६० सालतिर उनी काठमाडौं आइन । ललितपुर पाटनमा रहेको पाटन उच्च माविमा करिब तीन बर्ष साथै काठमाडौंको रत्नराज्य उच्च मावि साथै मोरङको एक विद्यालयमा अध्यापन गराएपछि उनले शिक्षण पेशाबाट राजीनामा दिइन । त्यसपछि जीवनको बाँकी समय कांग्रेसको सक्रिय राजनीतिमा विताउन थालिन ।

एकल महिला, द्धन्द्ध पीडित र विपन्न परिवारका आवाजको प्रतिनिधित्व गर्दै २०६४ सालमा हिराले संविधान सभाको यात्रा सुरु गरिन । कांग्रेसको सिफारिसमा संविधान सभा प्रवेश गरेकी उनले द्धन्द्धकालिन घटनाका दोषिहरुलाई कानुनी कारवाही गर्न, शहिदको सम्मान गर्न र एकल महिलाहरुको उचित व्यवस्थापन गर्न निरन्तर आवाज उठाइरहिन ।

नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा केन्द्रिय सदस्यमा उम्मेदवारी दिएकी हिराले २०७२ सालको संविधान सभा निर्वाचनबाट पुनः समानुपातिक सदस्यका रुपमा प्रतिनिधिसभामा उपस्थित जनाएकी थिइन । तर यहाँसम्म पुग्न पनि धेरै पापड बेल्नुपरेको अनुभव हिरासँग छ । ‘हुनत मेरो पृष्ठभूमि बुझ्नेहरुले त बुझिहाल्छन तर सबैलाई बुझाउन गारो रहेछ’,उनले भनिन,‘ पार्टीमा संघर्ष गर्न धेरै गारो रहेछ । हरेक पाटो र पृष्ठभूमी हेर्दा हिजोआज एउटा जुनी नै पाएजस्तो लाग्छ । तर पनि पार्टीले मूल्यांकन गरेकै छ ।’

सदनमा खरोपना

श्रीमान हत्या भएपछि क्रोधित र पीडित बनेकी हिरा गुरुङले संविधानसभा(हाल विघटित)मा पुगेर आफूजस्तै पीडामा रहेका नागरिकका आवाजहरुलाई एक्लै प्रतिनिधित्व गरिरहको दाबी गरिरहेकी छन । ‘सदनमा पुगेपछि द्धन्द्ध पीडित बनेर पुग्दा धेरै कुरा राखियो । पीडितहरुको पीडामा विषयमा धेरै पढें र बोलें । हुनत राज्यले केही ब्यवस्था गर्न सकेन । आयोगहरुले काम गर्नै सकेन । १० बर्षसम्म द्धन्द्ध मच्चाउनेहरु आफ्नै मुद्दा आउने हो कि भनेर आयोगलाई अलपत्र पारियो । अघि बढ्न दिएन । उनी भन्छिन, ‘शहिद र पीडितहरुले न्याय पाउनै सकेनन् ।’

द्धन्द्धपीडितका आवाजलाई सम्बोधन गर्न भनि गठन भएका सत्य निरुपण र बेपत्ता आयोगलाई सरकारले नै काम गर्न नदिएको हिराको गुनासो छ । उनी भन्छिन्, द्धन्द्धपीडितका म हुँन्जेल आवाज पनि उठाइरहने छु ।’ किनकी मुलुकको त्यो द्धन्द्धमा परेर कतिजनाले अंपाङ्ग जीवन चलाइरहेका छन्, शहिदका छोराछोरी, घाइतेहरुलाई राज्यले न्याय गर्न सकिरहेको छैन । मान्छेले मान्छे मार्ने, शोषण गर्ने, हत्या गर्ने, पीडितले न्याय कहिल्यै नपाउने र  १० बर्षे द्धन्द्धमा मान्छे मार्नेहरु कुर्सीमा बसेर राज गर्नेहरुलाई हिरा गुरुङ पहरेदार र सिपाइ बनेर काम गरिरहने अठोटमा छिन ।

पार्टीको झन्डा ओडाएर कालुमानको अन्तिम संस्कार गरिंदै



नयाँ