arrow

अब देशमा द्वन्द्व र काटमारको अन्त्य हुनेछ : देउवा  [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १४ शुक्रबार
deuba-05-14.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्क्रमणकालीन न्याय सम्बन्धी कानून बनेसँगै देशमा द्वन्द्व र काटमारको अन्त्य हुने विश्वास व्यक्त गरेका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै  उनले सङ्क्रमणकालीन न्याय सम्बन्धी कानून संसद्बाट सर्वसम्मत पारित भइ राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणित भइसकेकोप्रति खुशी व्यक्त गरे । 

उनले अब  पुरानो द्वन्द्व, काटमारको अन्त्य हुने विश्वास व्यक्त गरे । उनले सङ्क्रमणकालीन न्याय सम्बन्धी कानून बनेसँगै नेपाल महत्त्वपूर्ण दिशामा विकास र अन्य काममा अगाडि बढ्ने विश्वास व्यक्त गरे । 

उनले भने, ‘अहिले एउटा महत्त्वपूर्ण कुरा के छ भने टीआरसी भनेर हामीले संसद्बाट सर्वसम्मतिले पास गरेका छौङ्ग । राष्ट्रपतिज्यूबाट पनि प्रमाणीकरण भइसकेको छ । अब पुरानो द्वन्द्व, काटमार जुन थियो, त्यो कुराहरूको अन्त्य हुनेछ भन्ने मलाई विश्वास छ । त्यसले गर्दा अबका दिनमा यस्ता कुराहरू हुने छैनन् । नेपालले अत्यन्तै महत्त्वपूर्ण दिशामा विकास र अरू काममा अगाडि बढ्नेछ भन्ने मलाई विश्वास छ ।’

सभापति देउवाले अहिलेको गणतन्त्र बहुदलीय व्यवस्थामा आधारित गणतन्त्र रहेको बताए । गणतन्त्रलाई स्थायी रूपमा स्थापित गर्न सक्नुपर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ