arrow

झण्डै दुई किलो खैरो हिरोइनसहित दुई युवा पक्राउ

logo
दीपेन्द्र बस्नेत, 
प्रकाशित २०७७ पुष १९ आइतबार
heroin.jpg

कञ्चनपुर । कञ्चनपुरको दक्षिणी सीमावर्ती बेलौरीबाट खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बिहान खैरो हिरोइन सहित कैलालीको धनगढी उपमहानगर पालिका १ लक्ष्मीनगर बस्ने वर्ष २४ का लोकेन्द्र कठायत र टिकापुर नगरपालिका १ का वर्ष २२ का विशाल थापालाई १८०० ग्राम खैरो हिरोइन सहित प्रहरीले पक्राउ गतेको हो । 

सीमावर्ती भारतीय बजार खजुरियाबाट खरिद गरी धनगढीतर्फ लैजान लागेका उनीहरुलाई बेलौरीको बिद्यानगरबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल खड्काले बताए । लागू औषध ओसारपसारमा सक्रिय रहेका उनीहरुले प्रयोग गरेको से ५ प २९०१ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक खड्काले बताए ।

सीमावर्ती क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधिहरु नियन्त्रणमा सकृयता बढाएपछि बेलौरी क्षेत्रमा पछिल्लो समय यता प्रहरीले थुप्रै अवैध ओसारपसार नियन्त्रणमा लिँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ