arrow

रेडियो एकताको साधारण सभा सम्पन्न

logo
प्रकाशित २०७७ पुष १९ आइतबार
radio-ekata.jpg

सर्लाही । सामुदायिक रेडियो एकता संचालन गरिरहेको सामुदायिक संचार एकता सहकारी संस्थाको शनिबार ११ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बेनीबहादुर कार्कीको अध्यक्षता एवं प्रदेश सभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यतामा लालबन्दी नगरपालिका–५ स्थित रेडियोको निर्माणाधीन भवन स्थलमा साधारण सभा सम्पन्न भएको हो । 

भवन निर्माण गर्न अमूल्य सहयोग गरेकी सभाकी प्रमुख अतिथि प्रदेश सभा सदस्य लुंगेलीले रेडियो प्रतिको विश्वासनियता र लोकप्रियता कायमै राख्न सुझाव दिँदै आगामी दिनमा पनि आफ्नो सहयोग रहने प्रतिवद्धता जनाइन् । यस्तै, सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का अध्यक्ष सुवास खतिवडा, मलंगवा नगरपालिकाका मेयर निरसल साह, हरिपुर नगरपालिकाका मेयर जमिरुदिन मन्सुर, हरिपूर्वा नगरपालिकाका मेयर शियाराम राय, उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण कुमार जोशी, संघकै संस्थापक अध्यक्ष देवीबन्धु थापा र निर्माण व्यवसायी टिका गजुरेलले मन्तव्य राख्दै रेडियोको प्रगतिको शुभकामना व्यक्त गरे । 

सभामा जिल्ला समन्वय समिति सर्लाहीका समन्वय अधिकारी होमनाथ सुवेदी, सशस्त्र प्रहरी बेश क्याम्प हरिवनका प्रमुख डीएसपी जगन्नाथ खड्का, ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख इन्सपेक्टर निर्मल थापा, समाजसेवी भवानी कोइराला लगायतको आतिथ्यता थियो । 

सभामा संंस्थाका कोषाध्यक्ष कृष्णप्रसाद तिमल्सिनाले लेखा प्रतिवेदन र लेखा समिति संयोजक विष्णुप्रसाद चालिसेले लेखा सुपरीवेक्षण प्रतिवेदन प्रस्तुत गरे । 

स्टेशन प्रमुख प्रकाश मैनालीले सञ्चालन गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष रेणुकान्त ढुंगानाले स्वागत मन्तव्य राखेका थिए । अहिले लालबन्दी नगरपालिका ९ बस्तीपुरबाट प्रशारण भइरहेको रेडियोले लालबन्दी नगरपालिका ५ बेतिनी दह नजिकै टेलिभिजन समेत सञ्चालन गर्ने उद्देश्यसहित आफ्नै भवन निर्माण गरिरहेको छ । 

भवनको गत बिहिवार मात्रै दोस्रो तल्लाको ढलान कार्य सम्पन्न भएको छ । पछिल्लो समय रेडियोहरु धरासायी भएर बन्द हुने अवस्थामा पुगे पनि यस रेडियो भने बर्सेनि मुनाफा आर्जन गर्दै आफ्नै भवन निर्माण गर्न सफल भएको भन्दै साधारण सभाका वक्ताहरुले थप प्रगतिको शुभकामना व्यक्त गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ