arrow

स्वदेशी र विदेशी लगानी आकर्षित गरेर मुलुक विकास गर्नुपर्छ: देउवा

logo
प्रकाशित २०७३ जेठ ३० आइतबार
sher-deuba.jpg.jpeg
काठमाडौं । नेपाली काँग्रसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अब मुलुकको आर्थिक विकास गर्ने बेला भएको बताएका छन् । आइतबार राजधानीमा भएको नयाँ शक्ति नेपालको घोषणा सभालाई शुभकामना व्यक्त गर्दै सभापति देउवाले नयाँ शक्ति नेपालको ‘अबको निकाश आर्थिक विकास’ भन्ने नारा सान्दर्भिक रहेको भन्दै यस्ूतो जायज नाराबाट नयाँ शक्तिले पनि मुलुकको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । 
 
मुलुकको आर्थिक विकासको लागि नेपाली स्वदेशी उद्योगसँगै विदेशी लगानीलाई पनि नेपालमा आकर्षित गरेर अघि बढ्नुपर्ने भन्दै सभापति देउवाले आर्थिक विकास र समृद्धि विना मुलुकको आगामीबाटो अघि बढ्न नसक्नेमा जोड दिएका छन् । उनले बन्द र हड्तालले मुलुकको विकास नहुने भन्दै बन्द हड्ता जस्ता विकास विरोधी कामलाई निरूत्साहित र बन्द नै गर्नुपर्नेमा पनि जोड दिएका छन् । 
 
राजनीतिक सहमतिको टड्कारो आवश्यकता चुलिएको नेपाली सन्दर्भमा नयाँ शत्तिः नेपाल राजनीतिक मिलनविन्दूको मध्यस्तकर्ता बन्नुपर्नेमा जोड दिँदै सबैले मिलेर अब मुलुकको आर्थिक समृद्धितर्फ नेपाल अघि बढ्नुपर्नेमा पनि उनले जोड दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ