arrow

मन्त्री प्रभु साहको गाडीले ठक्कर दिएका बच्चु फर्किए

हरिवनका मेयरले गरे आर्थिक सहयोग

logo
प्रकाशित २०७७ पुष १९ आइतबार
ghaite5.jpg

सर्लाही । सर्लाहीको हरिवनमा शनिबार शहरी विकास मन्त्री प्रभु साहको गाडीले ठक्कर दिदा घाईते भएका बच्चु तामाङ आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन्।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवन बजारमा मन्त्री साह सवार ना १ झ ३८४२ नम्वरको गाडीले ठक्कर दिँदा लालबन्दी नगरपालिका–१०, चन्द्रपुरका ३५ वर्षिय बच्चु तामाङ घाईते भएका थिए । तामाङलाई स्वाभिमान अस्पताल हरिवनमा २४ घण्टा उपचारपछि अवस्था सामान्य रहेको भन्दै चिकित्सकले आइतबार दिउँसो डिस्चार्ज गरेका हुन् ।

शनिबार दुर्घटना लगत्तै अस्पतालमै पुगेर घाईतेलाई भेटेका हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईले आर्थिक अवस्था कमजोर रहेका तामाङलाई आइतबार पुनः अस्पताल पुगेर व्यक्तिगत तर्फबाट ५ हजार रुपैयाँ आर्थिक सहयोग समेत गरेका छन्।

चिकित्सकले डिस्चार्ज गरेपछि घाईते तामाङलाई मेयर प्रसाईले आफ्नै गाडीमा घरसम्म ल्याइदिएका छन् । शनिबार दुर्घटनापछि घाईतेलाई अस्पताल ल्याउनुको साटो फरार भएको भन्दै मन्त्री साहको भने सर्वत्र आलोचना भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ