arrow

आठ जिल्लाका सोह्र कृषक सम्मानित

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ पुष १९ आइतबार
samman2.JPG

धनुषा । प्रदेश नम्बर २ मा आठ जिल्लाका सोह्र कृषक सम्मानित भएका छन् । आइतबार ४० औँ विश्व खाद्य दिवसको उपलक्ष्यमा उत्कृष्ट कृषकहरुलाई सम्मान गरिएको हो ।  आठवटै जिल्लाबाट छनौट भएका विभिन्न किसान समूहबाट १६ जना किसानहरुलाई २५ हजार नगद, दोसल्ला , समानपत्र र फुलमला टीका लगएर भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सम्मान गरेका थिए।

प्रदेश सरकारले स्थापनाकालदेखि नै कृषिमा ध्यान दिँदै आएको प्रदेश नम्बर २ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले बताए । उनले सम्मान मात्र नभइ अब आउने समयमा कृषिमा धेरै विकास गरेका देश चीन, भारत लगायतमा कृषकलाई भम्रण गराइने बताए । मन्त्री साहले भने - 'यो प्रदेशको मुख्य स्रोत कृषि नै रहेकाले समृद्धि र विकास कृषिमा नै निर्भर रहेका छन् ।'

उनले भने- 'मलखादको समस्या रहे पनि प्रदेश सरकारले रासायनिक मल ७५ प्रतिशतको अनुदानमा उपलब्ध गराइ रहेको बताए । तर सो मल पनि किसानहरु उपयोग गरिरहेको छैन ।' कृषिको समस्या प्रदेशमा मात्र नभइ पुरै नेपालमा नै रहेको भन्दै उनले प्रदेशको कृषि समस्या चाडैँ कम हुने बताए ।

कार्यक्रममा मान्त्रालयका सचिव डाक्टर सम्झना काफ्ले ,खाद्य सुरक्षा तथा कृषि ब्यवसाय प्रबर्द्धन महाशाखाका प्रमुख शंकर प्रसाद साह, पशुपन्छी तथा मत्सय बिकास निर्देशनालयका प्रमुख जागेश्वर यादव लगायत मन्त्रालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ