arrow

बाबुरामलाई महराले भने ‘मुलुकले विकल्प खोजी रहेको छ, निराश नबनाउनुस्’

logo
प्रकाशित २०७३ जेठ ३० आइतबार
Krishna_Bdr_Mahara.jpg.jpeg
काठमाडौं । नेकपा माओबादी (केन्द्र)का पूर्व महासचिव कृष्णबहादुर महराले मुलुकले समृद्धिको लागि नयाँ विकल्प खोजिरहेको भन्दै नयाँ शक्तिले मुलुकले खोजेको समृद्धिको विकल्प बन्न सक्नुपर्ने बताएका छन् । नयाँ शक्ति नेपालको काठमाडौंमा जारी घोषणा सभामा बोल्दै महराले जनताले नयाँशक्तिप्रति देखाएको आशालाई निराशामा नबदल्न पनि नयाँ शक्तिका नेतृत्वकर्ता डा. बाबुराम भट्टराईलाई सुझाव दिएका छन् । 
 
अबको निकाश, आर्थिक विकास’ भन्ने नारा अहिले वर्तमानमा ज्यादै सान्दर्भिक रहेको भन्दै महराले यसको सफलताको लागि राजनीतिक अस्थिरताको अन्त्य र स्थायी शान्ति आवश्यक रहेको स्पष्ट पनि पारे । उनले यसको नेतृत्व अब नयाँ शक्तिले गर्नेमा आफू विश्वस्त रहेको विश्वास पनि व्यक्त गरे । 
 
लामो समयसम्म आफू भट्टराईसँगै काम गरेको भन्दै भट्टराईमा काम गर्ने अठोट रहेकोले उनलाई अहिले सबैको साथको आवश्यकता रहेको पनि उनको बुझाई थियो । उनले नयाँशक्तिले अबको राजनीतिक स्थायित्वको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल बन्नको लागि सफलताको शुभकामना पनि व्यक्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ