arrow

‘नयाँ शक्तिले एमाले बाहेक अरू पार्टीलाई धक्का दिन सक्छ’

logo
प्रकाशित २०७३ जेठ ३० आइतबार
KP_Oli_nayashakti.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार घोषणा भएको नयाँशक्ति नेपालले एमाले बाहेक अरू पार्टीलाई धक्का दिनसक्ने भएपनि एमालेलाई केही गर्न नसक्ने ठोकुवा गरेका छन् । आइतबार राजधानीमा आयोजित नयाँशक्ति नेपालको घोषणा शभामा शुभकामना दिन पुगेका प्रधानमन्त्री ओलीले धेरै पार्टी दर्ताभएपनि नेपाली जनाताको काम गर्ने र संविधान सभामा प्रतिनिधित्व कम भएकोले पार्टीले जनताको मन जित्नेतर्फ लाग्न पनि सुझाव दिएका छन् । 
 
नेपाल अब सधैं राजनीतिक भूमरीमा फसेर केही प्रगति हुन नसक्ने भन्दै नेपालले आर्थिक विकासको लागि अब सम्पूर्ण ध्यान केन्द्रीत गर्नुपर्नेमा पनि जोड दिए । त्यसको लागि राष्ट्रिय एकता, आर्थिक उन्नती र समग्र पक्षको विकासको लागि नयाँ शक्तिले कर्मठ भूमिका निर्वाह गर्नेमा पनि प्रधानमन्त्री ओलीले विश्वास व्यक्त गरे । 
 
अर्काे प्रसंगमा प्रधानमन्त्री ओलीले नेपालले विकास गर्ननहुने भन्ने केही पनि नरहेको भन्दै नेपाल र नेपालीको विकासको लागि जे–जे गर्नुछ सरकारले गर्ने दाबी पनि गरे । असन्तुष्टहरूलाई मनाउनको लागि आफूले आजै पनि पत्र पठाएको भन्दै आन्दोलन र विद्रोहको भन्दा पनि वार्ता र संवादको माध्यमबाट सबैले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा पनि प्रधानमन्त्रीले जोड दिएका छन् । 
 
नेपाललाई प्रगति हुन नदिने पक्षमा रहेकाहरूले नेपालीहरूको धेरै संघर्षलाई असफल बनाईसकेको भन्दै नेपाललाई अब लडाईँ र झगडाको मुलुक बन्न नदिनेमा पनि विश्वास दिलाउँदै प्रधानमन्त्रीले अब जातियता र भौगोलिकताको नाममा गरिबीको रेखा मुनी राख्न नदिने विश्वास पनि दिलाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ