arrow

‘दुई ढुङ्गाबीचको तरूल होइन अब नेपाल व्यापारिक हब बन्छ’

logo
प्रकाशित २०७३ जेठ ३० आइतबार
rambabaurams.jpg.jpeg
काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले अब नेपाललाई दुई ढुङ्गाबीचको तरूल हुन नदिने घोषणा गरेका छन् । आइतबार राजधानीमा आयोजित नयाँशक्ति नेपालको घोषणा सभामा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले १८ औं शताव्दीको ५५ वटा मुलुक रहेको बेलामा जस्तो अहिले एउटा मुलुक नेपाललाई दुई ढुङ्गाबीचको तरूल भनेर कमजोर मान्न नहुने बताएका हुन् । 
 
पृथ्वी नारायण शाह र भीमसेन थापाले ८० वर्ष लगाएर एकीकृत गराएको मुलुकलाई आर्थिक दृष्टिले समेत समृद्ध बनाउने अभिभारा अब नयाँ शक्ति नेपालले लिने भन्दै भट्टराईले संविधानले सोचेजस्तो गरी सबैलाई समेट्न नसकेको भएपनि यसलाई आवश्यक संशोधन गर्दै जानुपर्नेमा पनि जोड दिए । ‘हामी पृथ्वी नारायण र भीमसेन थापाले ८० वर्ष लगाएर बनाएको मुलुकलाई आर्थिक दिशामा अगाडि बढाउनको लागि आएका छौं’ उनले भने ‘ऐतिहासिक मुलुकमा ऐतिहासिक पार्टी स्थापनाको दिन देख्ने तपाई हामी भाग्यमानी मान्छे हौं ।’
 
यस भन्दा अगाडि ४/५ जना मान्छे बसेर पार्टी गठन गर्ने परिपार्टीलाई चिरेर सामुहिक सपथ खाएर यति धेरै मान्छे मिलेर पार्टी घोषणा गरिएको भन्दै यो संसारमा नै सबैभन्दा नयाँ प्रयोग रहेको दाबी पनि उनले गरे । उनले आफू र नयाँपार्टीमा लाग्ने सबैजना देश र जनताप्रति समर्पित हुने भएकोले नेपाललाई आत्मनिर्भर मात्रै होईन अन्तरनिर्भर बनाउने तर्फ पनि नयाँ शक्तिले विशेष पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
 
सात वर्ष भित्र गरीबी उन्मुलन
 
यसैबीच भट्टराईले सात वर्ष भित्र नेपालबाट गरिबी उन्मूलन गर्ने घोषणा गरेका छन् । नयाँ शक्ति नेपालले यसको लागि छिट्टै नै नयाँ खाका बनाएर सार्वजनिक गर्ने भन्दै भट्टराईले सबै नेपालीको घर नभएसम्म आफूले व्यक्तिगत सम्पत्ति नजोड्ने घोषणा पनि उनले गरेका छन् । नेपालसँग प्राकृतिक स्रोत र सम्पदा भएको र आफूसँग सोच र काम गर्ने अठोट रहेको भन्दै भारत र चीनबीचको सानो मुलुक भन्दा पनि नेपाललाई भारत र चीन बीचको व्यापारिक हब बनाउनु पर्ने धारणा पनि व्यक्त गरेका छन् । 
 
अदालतबाट दोषी ठहरभएकाहरू नयाँ शक्तिबाट स्वतः निलम्बन 
 
त्यस्तै, भट्टराईले नयाँ शक्तिमा सबै जागरूक र क्रियाशिल मान्छे मात्रै रहेको भन्दै अदालतले दोषी ठहर गरेका मान्छेलाई नयाँ शक्तिले संरक्षण नगर्ने घोषणा गरेका छन् । उनले नयाँ शक्ति नेपाललमा रहेका कोही पनि सदस्य तथा पदाधिकारीहरू समेत पनि कुनैपनि कसुरमा अदालतबाट दोषी सावित भएको खण्डमा स्वतः निलम्बन हुने घोषणा पनि भट्टराईले गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ