arrow

नेविसङ्घको महाधिवेशन काठमाडौँमा हुने

logo
प्रकाशित २०७३ जेठ ३० आइतबार
nebisangha-300x155.jpg.jpeg
काठमाडौँ । नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशन काठमाडौँमा हुने भएको छ । 
 
नेवि सङ्घको केही दिनदेखि जारी केन्द्रीय समितिको बैठकमा बोल्ने अधिकांश सदस्यले काठमाडौँमा महाधिवेशन गर्नुपर्ने सुझाव दिएपछि काठमाडौँमा गर्न लागिएको सङ्घका प्रवक्ता युपी लामिछानेले जानकारी दिए । 
 
उनले भने , “बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले बर्सादको समयमा उपत्यका बाहिरभन्दा काठमाडौँमै महाधिवेशन गर्न सुझाव दिएपछि काठमाडौँमा गर्न लागेका हौँ ।” 
 
लामिछानेले आगामी साउन २३ देखि २५ गतेसम्मका लागि प्रतिदिन रु दुई लाख १० हजारका दरले भाडामा लिइसकिएको जानकारी दिए  । नेवि सङ्घको भोलि बस्ने बैठकले यसबारे औपचारिक निर्णय गर्ने प्रवक्ता लामिछानेले बताए । नेवि सङ्घको ११औँ महाधिवेशनमा देशभरका तीन हजार ४०० प्रतिनिधिको सहभागिता रहनेछ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ