- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । मार्कण्डेय ऋषि जसले अमृत पान गरेर अमर बनेका थिए। कतिपटक उनले संसारको रचना र प्रलय देखे । सारा संसार प्रलयमा डुबेको थियो । द्वारिका समुद्रमा डुब्यो। उस्तै सारा एटलान्टिक पानीमा डुब्यो, एक प्रकारले प्रलय भइरहेको थियो, संसार पानीमा डुबिरहेको थियो ।
मार्कण्डेय ऋषि पानीमा तरिहरेका थिए, अचानक उनले एउटा बालकलाई पानीमा तरिरहेको देख्छन् जो एउटा पातमाथि सुतेका थिए । उनले आफ्नो दाहिने खुट्टाको बूढी औंला मुखमा हालेर चूसिरहेका थिए । त्यो देखेर मार्कण्डेय ऋषिलाई अचम्म लाग्यो । सारा संसारमा प्रलय मच्चिरहेको छ, तर त्यो सानो बालक मन्द-मन्द मुस्कुराइरहेको छ। मार्कण्डेय ऋषि जसै छेउमा गएर हेर्छन् बालकले ठूलो सास ताने अनि सास तान्न साथै मार्कण्डेय ऋषि त्यो बालकको पेटभित्र पसे।
उनले बालकको पेटभित्र जीव-जन्तुहरूको रचना भइरहेको, संसारको रचना भइरहेको देख्छन्। त्यो देखेर उनलाई सानो बालकको पेटभित्र यो सब के भइरहेको छ? भनेर अचम्म लाग्यो केहिबेरमा बालकले फेरि लामो सास छोडे अनि मर्काण्डेय ऋषि बालकको पेट बाहिर निस्किए । आफुलाई पानीमा गोता लगाइरहेको पाए । तब ऋषिले बुझे बालक कोहि होइन साक्षात् नारायण हुन् जसले संसारको रचना र प्रलय गर्दछन् ।
जसरी हामीले सास लिन्छौं अनि छोड़छौं। यदि सास बाहिरको बाहिरै रह्यो भने प्रलय अनि भित्र फर्केर आयो भने जीवन छ । अर्थात् यदि हामी भगवानदेखि टाढा गयौं भने प्रलय हुनेछ अनि भगवानको नजिक गयौं भने हामीलाई जीवन मिल्ने छ । जब श्रोत्रीय ब्रह्मनिष्ठ सद्गुरुले मनुष्लाई आफ्नो नजिक ल्याउन चाहा्छन्, तब आफ्नो भक्तलाई ज्ञानबाट दोस्रो जन्म दिन्छन् । ज्ञान दिएर हामीलाई द्विज बनाउछन् । एक जन्म माता-पिताबाट मिल्छ अनि एक जन्म तत्वदर्शि गुरुबाट मिल्छ । यसकारण यो वन्दना गरिन्छ-
त्वेमव माता च पिता त्वमेव ।
त्वमेव बन्धुश्च सखा त्वमेव ।।
मार्कण्डेय ऋषिले बुझे यदि म भगवानदेखि टाढा गएँ भने प्रलय छ अनि भगवानको नजिक आएँ भने जीवन मिल्ने छ । ज्ञानको प्रभाव हुन्छ, यदि आत्मज्ञान मिल्यो, आत्मदृष्टि मिल्यो, भने हाम्रो कल्याण हुनेछ।
भगवान श्रीकृष्णले युद्ध शुरु हुनभन्दा पहिले अर्जुनलाई कुरुक्षेत्रको मैदानमा आत्मज्ञान दिनुहुन्छ, त्यो आत्मज्ञान एकदमै महत्त्वपूर्ण छ।
महाभारत ग्रन्थ लेख्नको लागि श्री गणेशलाई सोधियो, 'के तपाईंले महाभारत ग्रन्थ लेखिदिनु हुनेछ?'
गणेशजीले भने, 'अवश्य लेख्ने छु, तर मेरो एउटा शर्त छ, यदि तपाईं बोल्दा-बोल्दै रोकिनुभयो भने म अगाडि लेख्ने छैन ।'
तब वेद व्यास भन्छन्, 'ठीक छ, यदि म बीचमा बोल्दा-बोल्दै रोकिएँ भने तपाईंले अगाडि नलेख्नुहोस्, तर गणेशजी तपाईंले जे पनि लेख्नु हुनेछ नसम्झी, नबुझी नलेख्नु होला, मैले बोलेको कुरा पहिले सम्झनुहोस् अनि मात्र लेख्नु होला ।' तब यस्तो प्रसंग आउँछ कि वेद व्यास बोल्दै गए अनि गणेशजी लेख्दै गए ।
श्लोकको रचना गर्दै बोल्दै जाँदा कहि-कहिं वेद व्यासले अर्को श्लोक रच्नु पर्दा सोच्नु रोकिनु पर्थ्यो, यसकारण उनले कति यस्ता श्लोकको रचना गरे जसको अनेक अर्थ लाग्थ्यो, त्यसको सही अर्थ सम्झनको निम्ति गणेशजीले रोकिनु पर्यो अनि त्यतिखेरसम्म वेद व्यासजीले अर्को श्लोक रचना गर्थे ।
भन्नुको अर्थ महाभारत ग्रन्थको जुन चाबी छ, त्यो नसम्झी-नबुझी नलेख्नु भन्ने हो । तर आज त्यो सम्झाउने प्रक्रियालाई छोडेका छन् । आज हामी किताब खोलेर पढि मात्र रहन्छौं, पढेर सम्झेनौं अनि मार्कण्डेय ऋषि बालकको पेटबाट बाहिर निस्किए बुझेनौं । पढेर सम्झनु बुझ्नु नितान्त आवश्यक छ । ज्ञान पनि उस्तै छ, ज्ञानलाई पनि सम्झनु पर्छ अनि सम्झनको अर्थ बुझ्नु पर्छ ।