arrow

कपिलवस्तु कांग्रेसले गरायो प्रशासनको ध्यानआर्कषण

logo
मणि प्रसाद गैर्हे ,
प्रकाशित २०७३ जेठ ३० आइतबार
congress-flag-11111.jpg.jpeg
कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तुले विकास निर्माणका कार्य र घटनाहरुको  बारेमा छानविन गर्नको लागि  जिल्ला प्रशासन कार्यालय र सम्वन्धीत विकासे कार्यालयलाई ज्ञापन पत्र मार्फत ध्यान आर्कषण गरेको छ । जिल्ला कार्य समितिको बैठक बसेर  निर्णय गरी  एक टोलि जिल्ला प्रशासन र विकासे कार्यालयका प्रमुखहरुलाई भेटेर ज्ञापन पत्र बुझाएको हो । 
 
नेपाल तरुण दल तत्कालिन वाणगगा गाविसका इकाई सभापति राजेश सेनको २०७२ साल माघ २८ गते भएको हत्याको घटना बारे अझै हत्यारा पक्त नलागेको हुदा तत्तकाल हत्यारा पक्ता लगाई कडा कारवाहीको लागि माग समेत गरेको छ । साथै सेनलाई शहिद घोषणा गरी आश्रीत परिवारलाई क्षतिपुर्ती र रोजगारीको व्यवस्था गर्न माग गरेको छ । सो को वोर्धाथमा प्रधानमन्त्री कार्यालय, गृह  मन्त्रालय र नेपाली कागे्रस र तरुण दललाई दिइएको छ ।
 
 त्यस्तै कांग्रेसले कपिलवस्तु जिल्लामा नदि जन्य पर्दाथ निकासा र ठेक्कामा ठिलाई गरेको हुदा जनताका निर्माणका कार्य ठिला भएको हुदां असार १५ सम्म नदि जन्य पर्दाथ निकास गर्नको लागी माग  गरेको छ । त्यस्तै जिल्लामा  मलखाद तथा विउ विजनको आपुर्ती सहज  रुपमा  नभएको हुदां यस वर्ष तत्काल समयममै मलखाद तथा विउ विजन मिलाईदिनको लागी समेत माग  गरेको छ । 
 
नेपाली कांग्रेसका पार्टी सभापति एवं सांसद सुरेन्द्रराज आर्चायको हस्ताक्षरित ज्ञापन पत्रमा सो कुरा उल्लेख गरिएको छ । ज्ञापन पत्र बुझाएपछि पत्रकारहरु संग संक्षिप्त  कुरा गर्दै आर्चायले जिल्लामा विकास निर्माणका कामहरु गर्न समस्या परेकोले नदि जन्य पर्दाथ निकासाको लागि जिल्ला विकास र जिल्ला प्रशासन कार्यालयले पहल गर्नु पर्नै बताए । 
 
साथै आर्चायले कपिलवस्तु जिल्ला उब्जनीको भण्डार भएको जिल्ला भएपनि वर्षेनी किसानले मलखाद र विउ समयमै पाउन नसकेकोले तत्काल स्थानीय प्रशासनले उपलब्ध गराई किसानका समस्या समाधान गर्नको लागि ज्ञापन पत्र बुझाएको बताए । पार्टीको वैठकवाट जनताका दिनहु सरोकारका समस्याहरु प्रति पार्टी  गम्भीर रुपमा लागि विकास निर्माणका काममा सघाउने निर्णय समेत गरेको कांग्रेस कपिलवस्तु सचिव महेन्द्र कुमार पाठकले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ