arrow

एसएसबीले नेपालीलाई गोली हान्यो 

logo
प्रकाशित २०७७ पुष २१ मंगलबार
ssb-fire-nepali.jpg

कञ्चनपुर । भारतीय सुरक्षाकर्मीको गोली लागेर दोधाराचाँदनी–१ का अन्दाजी १६ वर्षीय नरेन्द्र लुहार सोमबार साँझ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार लुहारको खुट्टामा गोलीको छर्रा लागेको छ ।

“भारतीय वन क्षेत्र गठिगोठमा गएका बेला लुहारमाथि गोली लागेको भन्ने कुरा बुझिएको छ”, उनले भने, “भारतीय वन रक्षकले गोली चलाएको हुन सक्ने अनुमान गरेका छौँ । विस्तृत विवरण अनुसन्धानपछि थाहा हुन्छ ।” 

घाइते लुहारलाई उपचारका लागि महाकाली अस्पताल ल्याएर उपचार भइरहेको छ । साँझ ६ बजेर ३० मिनेट जाँदा लुहारमाथि गोली चलाइएको बताइएको छ । गोली किन चलाइएको भन्नेबारे खुल्न सकेको छैन ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ