arrow

इपिएस परीक्षाको तयारीका लागि मोबाइल एप

logo
प्रकाशित २०७३ जेठ ३० आइतबार
eps-korea.jpg.jpeg
काठमाडौँ । कोरियामा रोजगारीका लागि अनिवार्य रहेको भाषा परीक्षा(इपिएस टपिक) को तयारी अब मोबाइलमै गर्न सकिने भएको छ । नेपालमै पहिलोपटक इपिएस परीक्षाको तयारीका लागि मोबाइल एप तयार भएको हो । 
 
उरी कन्सल्टेन्सी प्रालिले एन क्लाउड र साइबर लिङ्क प्रालिको संयुक्त प्रयासमा बनेको एपमा इपिएस टपिक परीक्षामा जस्तै सुनाइ र पढाइ गरी २५÷२५ वटा प्रश्न र सम्भावित उत्तर राखिएका छन् । 
 
“इपिसमा जस्तो किसिमले प्रश्न सोध्ने गरिन्छ, त्यही शैलीमा हामीले एपमा प्रश्नको सेट राखेका छौँ । एप चलाएर सजिलै परीक्षा दिन सकिन्छ । यसले वास्तविक इपिस परीक्षाका लागि आत्मविश्वास पनि जगाउँछ”– उरी कन्सल्टेन्सीका प्रतिनिधि उदेश श्रेष्ठले भने। 
 
आगामी असार ४ र ५ गते काठमाडौँ र पोखराका विभिन्न परीक्षा केन्द्रमा हुन लागेको परीक्षामा सहभागी हुन ६० हजारभन्दा बढीले फाराम भरेका छन् । इ–सेवाको अकाउन्ट हुनेले इ–सेवामार्फत सिधै र नहुनेले नजिकैको साइबर, स्टेसनरी, कम्युनिकेसनमा रहेको इ–सेवा जाने, इ–सेवा पोइन्टमा गई अनलाइन भुक्तान गरी प्याकेज खरिद गर्न सक्ने इ–सेवाका प्रमुख कार्यकारी अधिकृत अस्गर अलीले जानकारी दिए  । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ