arrow

जस्तो सरकार त्यस्तै वायु

स्वास्थ्य र वातावरणमा विपदकाल भन्ने नै नजानेको ओली सरकार

काठमाडौं बिहीबार बिहान विश्वकै सातौं प्रदूषित शहर

logo
हाम्राकुरा डेस्क,
प्रकाशित २०७७ पुष २३ बिहिबार
kp-sharma-oli-final.jpg

काठमाडौं । जिम्मेवारी बहन नगर्दा हुने परिणाम अहिले काठमाडौंले भोगिरहेको छ । मन्त्रिपरिषद् बैठकले २०७६ को माघ ३ गते पारित गरेको एक कार्ययोजनामा स्पष्ट रुपमा वायु प्रदूषणको स्तर ३०० एक्यूआई नाघेपछि विपदकाल घोषणा गर्ने भनिएको थियो । 

तर वातावरण मन्त्रालयकै तथ्यांकले काठमाडौं उपत्यकाको एक्यूआई ४८७ देखाउँदा पनि केपी शर्मा ओली नेतृत्वको सरकार भने मौन रह्यो । प्रधानमन्त्रीदेखि मन्त्रीलाई आफ्नो कुर्सी बचाउने बाहेकको ध्यान नहुँदा र स्थायी सरकारको रुपमा स्थापित कर्मचारीतन्त्रमा बेइमानको बास हुँदा वातावरण सम्बन्धी नीतिनियम कार्यान्वयन हुन सकेको छैन । 

यो समय वायु प्रदूषण उच्च हुने समय हो । यस्तो समयमा वातावरण तथा वायु प्रदूषण नियन्त्रण लिन सरकार आफैँले पारित गरेको राष्ट्रिय वातावरण नीति २०७६ कार्ययोजना समेत कार्यान्वयन गर्न सक्षम देखिएको छैन । सो नीति कार्यान्वयनमा आएको खण्डमा पनि वायु प्रदूषण बढाउने तत्व रोकिन सक्छ । 

काठमाडौं उपत्यकाबाट कुनै पनि प्रदूषण सहजै हट्न कठिन हुन्छ । किनकि यो खाल्डोभित्र आएको प्रदूषण सजिलै बाहिर जाँदैन । किनकि यसको बनोट नै त्यस्तै छ । 

यस्तो प्रदूषणले कोरोना भाइरसको महामारीको मार भोगिरहेका काठमाडौंवासीलाई थप स्वासप्रश्वासमा समस्या पर्ने देखिएको छ । त्यतिमात्र हैन श्वासप्रश्वासको समस्याले क्यान्सरसमेत पनि गराउन सक्ने खतरा छ । 

सरकारले स्वास्थ्य र वातावरणमा विपदकाल भन्ने नै जानेको छैन । लहलहैमा लागेर कोरोना भाइरसको महामारी रोक्न चैत ११ गते दुई जनामात्र संक्रमित हुँदा लकडाउन लगाएकामा सोही अनुसार सावधानी अपनाई स्वास्थ्य संकटकाल नलगाउँदा अहिले देशमा जता गयो त्यतै कोरोना संक्रमित भेटिने अवस्था पुगेको छ ।

आधा संक्रमित काठमाडौं उपत्यकामै छन् । अहिले पनि कोरोना भागेको छैन । सरकारलाई यसको मतलब पनि छैन । अहिले कुनै पनि राजनीतिक दललाई कोरोनाको मतलब भएजस्तो पनि देखिँदैन ।  

जस्तो सरकार त्यस्तै वायु भएको छ अहिले । सरकारलाई जनताको चासो छैन । आफ्नैमात्र कुर्सीको मतलब छ । 

प्रकृति एउटा प्रणालीमा चल्छ । तर सरकार प्रणालीमा चल्दैन । जसरी संविधानले संसद विघटन गर्न प्रधानमन्त्रीलाई अधिकार दिएको थिएन र पनि ओलीले विघटन गरिछाडे त्यसरी नै प्रकृतिलाई पनि आफूअनुसार चाल्न खोजिरहेका छन् । 

प्रदूषण रोक्न कुनै पहल गर्दैनन् । आफै अनुसार चलाइरहेका छन् । प्रकृति थाम्ने ल्याकत राखिरहेका छन् उनी । यो दुर्भाग्य हो । 

सातौं स्थानमा पुग्यो काठमाडौं 
गत सोमबार विश्वकै विषाक्त शहर गनिएको काठमाडौंको हावाको गुणस्तर बिहीबार बिहान सातौं स्थानमा पुगेको छ । बुधबार दोस्रो नम्बरमा रहेको थियो ।

आईक्यूएयर डटकमका अनुसार बिहीबार काठमाडौंको वायु गुणवत्ता मानक ९एक्यूआर्इ ० १८५ र रहेको छ । बुधबार १९८ रहेको थियो भने सोमबार भने ४८७ रहेको थियो । 

आइक्यूएयरका अनुसार बिहीबार कीर्गिस्तानको बिस्केक २८९ एक्यूआईसहित पहिलो स्थानमा छ । भारतको कोलकाता २४४ सहित दोस्रो, बंगलादेशको ढाका २४३ सहित तेस्रो, अफगानिस्तानको काबुल २३४ सहित चौथो, भियतनामको हानोइ १९५ सहित पाँचौं तथा पाकिस्तानको कराँची १८५ सहित छैटौं स्थानमा छ । काठमाडौंको पनि समान १८५ नै रहेको हो । 

एक्यूआई कति हुनुपर्छ  
एक्यूआई ५० सम्म हुनुलाई उत्तम मानिन्छ । तर त्यो ५० देखिमाथि १ सय पुग्नुलाई सामान्य मान्ने गरिन्छ । 

एक्युआई २ सय नाघेको अवस्थामा जनस्वास्थ्य अनुकूल मानिँदैन । खुला क्षेत्रमा फोहोरमैला बाल्ने, उद्योग कलकारखाना र सवारी साधनले फाल्ने धुँवा र प्रदूषण न्यूनीकरण गर्न तत्काल कदम नचालिनुले पनि यसको स्थिति बिकराल बनाएको छ । 

केही दिनका लागि कलकारखाना बन्द गरी सवारी गुडाउनसमेत कमी गर्दा यसलाई केही हदसम्म सन्तुलनमा ल्याउन सकिने बताइन्छ । 

काठमाडौं उपत्यकामा आठ गुणा प्रदूषण बढेको बताइन्छ । कोरोना भाइरसको लकडाउनले गर्दा काठमाडौं सफा हुँदै आएको भए पनि पछिल्लो समय प्रदूषण ह्वात्तै बढेको छ । पश्चिमी वायुको प्रभावका कारण पनि प्रदूषण आएको हुन सक्ने बताइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ